नारायणी किनारमा सञ्चालित जनजाति सांस्कृतिक महोत्सवको समय तीन दिन लम्बियो

Devghat Online

शेयर गरौ

चितवन, चैत १८

नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ ।

आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप भएको हो । महोत्सव मूल समारोह समितिका संयोजक एवम् नेपाल आदिवासी जनजाति महासंघ ९निफिन० चितवनका अध्यक्ष महेन्द्र दूराले महोत्सव लम्बिएको जानकारी दिए ।

दर्शकको उपस्थितिलाई हेरेर तीन दिन समय थप गरिएको उनले बताए । महोत्सवमा ख्यातीप्राप्त गायक शिव परियारले आफ्नो प्रस्तुति दिएका छन् भने यस्तै भोलि सोमबारको लागि भने लोक तथा दोहोरी गीतमा चर्चा कमाएका गायक गायिका पशुपति शर्मा र सम्झना भण्डारीको प्रस्तुति रहने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।

साथै हरेक दिन चितवनका स्थानीय कलाकार, आदिवासी जनजाति समुदायका सांस्कृतिक प्रस्तुति तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, चितवनका कलाकारहरूले भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । सांस्कृतिक कार्यक्रम संयोजक रानामगरका अनुसार विभिन्न ब्याण्ड तथा कोहिनुर डान्स ग्रुपको प्रस्तुतिसमेत नियमित हुँदै आएको छ ।

महोत्सवलाई विशेष बनाउनको लागि यसअघि राष्ट्रियस्तरमा ख्याती कमाएका विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिइसकेका छन् । प्रिती आले, रमेशराज भट्टराई, ज्योति मगर, श्याम रानामगर, एलिना चौहान, कमल खत्री, सम्झना लामिछानेमगर, रामजी खाँण ठकुरी, शिव परियार, अस्मिता डल्लाकोटी, अन्नु चौधरीलगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन् । चितवनको मागअनुसारका कलाकारहरूलाई निम्त्याएर मनोरञ्जन प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक