माल्टामा हराएका दमौलीका पन्थको खोजीकोलागि उनकी पत्निद्वारा गैरआवासिय नेपाली संघमा निबेदन

Devghat Online

शेयर गरौ

दमौली, चैत १९

गत साता देखी युरोपेली मुलुक माल्टामा हराएका व्यास नपा–७ तनहुँका २९ बर्षिय प्रकाश पन्थको खोजीको लागि उनको परिवारद्वारा गैर आवासिय नेपाली संघ माल्टामा निबेदन दिएका छन् ।

प्रकाशकी पत्नि रविनाले सोमबार गैर आवासिय नेपाली संघ माल्टाको कार्यालयमा निबेदन दिई आफ्ना पतिको खोजीमा सहयोग गर्न अनुरोध गरेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाले जनाएको छ ।

गैरआवासिय नेपाली संघ माल्टाले तनहुँ जिल्ला ब्यास नगरपालिका दमौली घर भई हाल रोजगारीको शिलसिलामा माल्टामा बस्नुहुने प्रकाश पन्थ हराएको सुचना आएपनि आधिकारिक सुचना नआएकोमा आज सोमबार उहाँको श्रीमती र भाईहरु आएर आधिकारिक निबेदन दिएको जनाएको छ ।

एनआरएनए माल्टाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ ‘हामिले उहाँहरुलाई आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बचनबद्वता ब्यक्त गरेका छौ र उहाँलाई निरास नहुन सुझाएका छौ । हामीले सामाजिक सन्जालमा सुचना आउन बित्तिकै हाम्रो तर्फवाट माल्टाको इमिग्रेसन प्रहरी प्रशासनन र डिटेन्सन सेन्टर सबै तिर बुझेका थियौं तर उहा कतै पनि नभएको जानकारी पाएका छौ, यो हामि माल्टाबासी नेपालीको लागी निकै दुखद खबर हो त्यसैले तपाइँ हामि माल्टामा अबस्थित सामाजिक तथा राजनैतिक संघ संस्था समाज सेवी बुद्धी जीबी ब्यापारी लगाएत सम्पुर्ण साथीहरु एकजुट भएर उहाको खोजि कार्यको लागि अग्रसर हुन् हार्दिक अनुरोध गर्दछौ ।’

पन्थ गत मार्च २५ तारिख (नेपाली पात्रो अनुसार गत चैत १२ गते) दिउँसो करिब १ बजे आफ्नो कोठा नजिकै साथीको कोठामा खाना खान गएका र खाना खाएर साथीको कोठाबाट घर जान्छु भनेर हिडेका पन्त अहिलेसम्म परिवारको सम्पर्कमा नआएको माल्टाबाट देवघाट अनलाइनका सम्पादक प्रकाश बगालेले जानकारी दिएका छन् ।

पन्थ वेपत्ता भएपछि परिवारले प्रहरीमा खबर गरिसकेको छ भने सबैतिर उनको खोजी भईरहेको बगालेले जानकारी दिएका छन् । पन्थको परिवारले माल्टाबासी कसैले उनलाई देख्नु भए उनको परिवार वा प्रहरीलाई सम्पर्क गरेर सहयोग गरिदिनु अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड