बन्दिपुरको विभिन्न खानेपानी योजनाकोलागि मन्त्री समक्ष बजेट माग

Devghat Online

शेयर गरौ

दमौली, चैत १९

बन्दिपुर गाउँपालिकाको विभिन्न खानेपानी योजनाको लागि मन्त्री समक्ष बजेट माग गरिएको छ । बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई भेटी पर्यटकीय नगरी बन्दिपुरमा खानेपानीको अभाव रहेको भन्दै बन्दिपुरका विभिन्न खानेपानी योजनाकोलागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेका थिए ।

बन्दिपुर बजारमा खानेपानीको अभावले पर्यटकहरु बास बस्न समेत नखोज्ने अवस्थाले बन्दिपुरको पर्यटनलाई असर गरेको हुँदा बन्दिपुर खानेपानी आयोजनाकोलागि आवश्यक बजेट उपलब्ध गराउन अध्यक्ष थापाले मन्त्री राई समक्ष अनुरोध गरे । साथै बन्दिपुर गाउँपालिका अन्तर्गतका विभिन्न ६ वटा ठुला खानेपानी योजनाकोलागि पनि आवश्यक बजेट उपलब्ध गराउन अध्यक्ष थापाले मन्त्री राई समक्ष अनुरोध गरेका थिए ।

सो क्रममा मन्त्री राईले बन्दिपुरको खानेपानीको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

सो भेटमा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, बन्दिपुरका नेकपा एमालेका नेता इन्द्र कुँवर, वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बन्दिपुर गाउँपालिकाका अध्यक्षका स्वकिय सचिव अमिर गुरुङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर