अभिभावकले अस्विकार गरेपछि भागेर प्रहरी कार्यालयमा अन्तरजातीय विवहा

Devghat Online

शेयर गरौ

दमौली, चैत १९

अभिभावकले अस्विकार गरेपछि घरबाट भागेर आई एक जोडीले सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँको हातामा प्रहरीको संरक्षणमा अन्तरजातीय विवहा गरेका छन् ।

कपिलवस्तु जिल्लाका २० बर्षिय आशिष सुनार र सोही ठाउँकी २० बर्षिया नविना पौडेलले आफुहरु विच विवहा गर्न अभिभावकले अस्विकार गरेपछि घरबाट भागेर आएको बताउनु भएको छ । उनीहरु केही दिन अघि घरबाट भागेर व्यास नपा–१० मा डेरा गरि बसेका थिए ।

आफुहरुको जात नमिलेकै कारण घर परिवारले विवहाको स्विकृती दिन नमानेपछि भाग्न बाध्य भएको उनीहरुले बताए । उनीहरुले चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा आई आफ्नो अवस्थाको बारेमा एसपी अपिलराज बोहोरालाई जानकारी गराएका थिए । उनीहरुले विवहा गर्न खोजेको जानकारी गराएपछि उनीहरुको उमेर प्रमाणित गरेर प्रहरी कार्यालयको हातामा विवहा गराईदिएको एसपी बोहोराले बताए ।

अन्तरजातीय विवहालाई परिवारले रोक लगाएको र केटाकेटीको उमेर पनि विवहा गर्न योग्य भएको ठहरिएपछि उनीहरुको इच्छा अनुसार विवहा गर्न अनुमती दिएको एसपी बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव