सहकारी दिवसको अवसरमा दमौलीमा र्याली र अन्तरक्रिया

Devghat Online

शेयर गरौ

दमौली, चैत २०

६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार दमौली र्याली र अन्तरक्रिया आयोजना गरियो । ‘सहकारीमा सुशासन, प्रविधि र एकिकरण’ भन्ने मुल नाराका साथ जिल्ला सहकारी संघको आयोजनामा दमौलीमा ¥याली तथा अन्तरक्रिया आयोजना गरिएको हो ।

व्यास नगरपालिकाको सहयोग तथा जिल्ला सहकारी संघ तनहुँको आयोजना एवं राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी क्लव र जिल्ला स्थित विभिन्न विषयगत सहकारी संघ संस्थाको सह आयोजनामा सहकारी दिवसको अवसरमा अनसन चौतारीबाट र्याली आयोजना गरि तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघका अध्यक्ष प्रदिप अधिकारीले जानकारी दिए ।

र्यालीमा जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्य, व्यास नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि, विभिन्न विषयगत सहकारी संस्थाका सन्चालक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सहकारी अभियानको सबैभन्दा ठूलो पर्वको रुपमा लिईने राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

६७ वर्ष अघि अर्थात् २०१३ सालमा चैत २० गतेका दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ ।

स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा अगुवा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू