घिरिङमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

घिरिङ, चैत २०

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा मंगलबार घिरिङ गाउँपालिका–३ स्थित घिरिङ स्वास्थ्य चौकीमा जेष्ठ नागरिकको लागि आरोग्य सेवा कार्यक्रम आयोजना गरियो । जेष्ठ नागरिकको लागि लक्षित उक्त कार्यक्रममा जेष्ठ नागरिकहरुलको उच्च रक्तचाप तथा मधुमेह परिक्षण गरि आयुर्वेदिक उपचार पद्धतीको बारेमा जानकारी गराई आयुर्वेदिक औषधी वितरण गरिएको थियो ।

वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथी घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले विभिन्न उपचार पद्धती मध्ये आयुर्वेदिक उपचार पद्धती निकै राम्रो रहेको बताए । विशेषगरि जेष्ठ नागरिकहरुले आयुर्वेदिक औषधीको सेवन गर्नुपर्नेमा अध्यक्ष थापाको जोड थियो ।

सो कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा. नारयण श्रेष्ठ, कार्यालयका बरिष्ठ कविराज शम्भु चापागाई लगायतले जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा ६८ बर्ष माथिका ९० जना जेष्ठ नागरिक सहभागी रहेका थिए ।

यसैगरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको आयोजनामा सोमबार घिरिङ गाउँपालिकामा नागरिक आरोग्य सेवा कार्यक्रम आयोजना गरियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बेलचौताराको प्रहरी गणमा स्वास्थ्य शिविर

दुलेगौंडा, बैशाख ३१ जि.पी.कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराका स्वास्थ्यकर्मीहरुद्वारा सोमबार नेपाल प्रहरी विशेष सुरक्षा

देउराली नगरको अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सांसद श्रेष्ठद्वारा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं, बैशाख ३१ पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरको अव्यवस्थित

एमाले तनहुँ अधिवेशनः २३ सदस्य निर्विरोध निर्वाचित, मतगणना सोमबार दिउँसोबाट

दमौली, बैशाख ३१ नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीको दशौं अधिवेशन अन्तर्गत भइरहेको निर्वाचन प्रक्रिया अनुसार

सोमबारसम्म छानबिन समिति गठनबारे निर्णय लिन काँग्रेसको आग्रह

काठमाडौँ, वैशाख ३०। गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनबारे निर्णय लिन सत्तारुढ दलहरूलाई प्रमुख