बालिका बलात्कारको आरोपीलाई १९ वर्ष कैदको फैसला

Devghat Online

शेयर गरौ

दमौली, चैत २०

१३ वर्षीया बालिकालाई २०७९ असार ३२ गते बलात्कार गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका म्याग्दे गाउँपालिका–५ का २३ वर्षीय सन्दिप विकलाई तनहुँ जिल्ला अदालतले १९ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायधीश आत्मदेव जोशीको इजलासले मंगलबार उक्त मुद्धामा अन्तिम फैसला गर्दै आरोपितलाई १९ वर्ष कैद र १ लाख रुपैयाँ क्षतीपुर्ती भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।

आरोपितविरुद्ध बालिकाको आफन्तले २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए । आरोपितले २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाईकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।

प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् साउन २६ गते बलात्कार सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकोमा अदालतको आदेशमा साउन २७ गतेदेखी उनी पुर्पक्षको लागि थुनामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।