मुख्यमन्त्री मागेका चुमान गन्डकी सरकारमा मन्त्री बने

Devghat Online

शेयर गरौ

दमौली, चैत २५

नेपाली काँग्रेससँगको सत्ता सहयात्रा टुटेपछि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान अव सरकारको नेतृत्व आफुले पाउनेपर्ने भन्दै पटक पटक राजधानी गए । उनले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समेतलाई भेटी सरकारको नेतृत्व यसपटक आफुले पाउनु पर्ने दावी प्रस्तुत गरेका थिए । यस अघिको सरकारमा पनि मुख्यमन्त्रीको दावेदार रहेका चुमान यसपटक मुख्यमन्त्री बन्न अलि बढि नै लागेका थिए ।

तर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको विचमा गन्डकी प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमती भयो । सोही अनुसार एमाले संसदीय दलका नेता खगराज अधिकारी आइतबार दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्ती भए । एमालेका अधिकारी मुख्यमन्त्री नियुक्ति भएपछि माओवादी संसदीय दलको बैठकले दलका नेता चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो ।

चुमानले यसपटक गण्डकीमा जसरी पनि माओवादीले नेतृत्व पाउनुपर्ने भन्दै केन्द्रसम्मै दबाब दिए पनि असफल भएका थिए । यसअघि पनि पटक पटक मुख्यमन्त्रीको दाबी गरेर नपाएका माओवादी संसदीय दलका नेता चुमान गण्डकीमा दोस्रो कार्यकालसम्म आइपुग्दा तेस्रो पटक मन्त्री बनेका हुन् ।

गत पुस २६ गते एमाले–माओवादीकै सरकारमा खगराज मुख्यमन्त्री हुँदा चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यो बेला पनि चुमानले मुख्यमन्त्रीको दाबी गरेका थिए । अहिले फेरि खगराज नेतृत्वकै सरकारमा चुमान मन्त्री बनेका हुन् । चुमान पहिलो कार्यकालमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता