संस्थागत क्षमता स्वमुल्याङ्कनमा म्याग्दे र वित्तिय शुसासन जोखिम मुल्यांकनमा आबुँखरैनी प्रथम

Devghat Online

शेयर गरौ

दमौली, चैत २५

तनहुँको स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा म्यादे गाउँपालिका प्रथम भएको छ भने वित्तिय शुसासन जोखिम मूल्याङ्कनमा आँबुखैरेनी गाउँपालिका प्रथम भएको छ । तनहुँ जिल्लाका सबै स्थानीय तहहरुको आ.व २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन र स्थानीय तह वित्तिय शुसासन जोखिम मूल्याङ्कनको अन्तिम नतिजा हालै सार्वजनिक गरियो ।

तनहुँको दश पालिका मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनतर्फ म्याग्दे गाउँपालिकाले ९४.५० प्रतिशत अंक प्राप्त गरेको छ भने सबैभन्दा कम भानु नगरपालिकाले ५७.२५ प्रतिशत अंक प्राप्त गरेको हो ।

त्यस्तै स्थानीय तह वित्तिय शुसासन जोखिम मूल्याङ्कनतर्फ आँबुखैरेनी गाउँपालिकाले ८६.५० प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको छ भने घिरिङ गाउँपालिका ५२ प्रतिशत अंक प्राप्त गरि सबैभन्दा कम अंक प्राप्त गरेको हो । मूल्याङ्कनमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिका न्युन जोखिममा परेका छन् भने अन्य आठ पालिका मध्यम जोखिम पालिकामा परेका छन् ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा तनुहँका दशवटै पालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन र स्थानीय तह वित्तिय सुशासन जोखिम मूल्याङ्कनमा प्राप्त गरेको नतिजाको बारेमा जिल्ला समन्वय अधिकारी प्रकाशराज पौडेलले प्रस्तुतीकरण मार्फत जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको