अन्तराष्ट्रिय जैविक विविधता सम्मेलनमा पुर्काेटको रैथाने बालीको बिउ प्रर्दशनी

Devghat Online

शेयर गरौ

दमौली, चैत २७

पोखरामा मंगलबारदेखी सुरु भएको अन्तराष्ट्रिय कृषि जैविक विविधता सम्मेलनमा तनहुँको भानु नपा–९ स्थित जैविक विविधता संरक्षण समिति पुर्काेट सामुदायिक विउ बैंकले रैथाने बालिका विभिन्न प्रकारका १६५ जातका बिउहरु प्रर्दशनीमा राखेको छ ।

उक्त सम्मेलनमा पुर्काेट सामुदायिक विउ बैंकले खाद्य बाली, फलफुल, अन्नबाली, तेल हन, दल हन, जरे बाली, मसला बाली, जडिबुटी र वन पैदावरका १६५ जातीका बिउ प्रर्दशनीमा राखेको सामुदायिक विउ बैंक पुर्काेटका संस्थापक एवं सामुदायिक विउ बैंकका पुर्व केन्द्रिय अध्यक्ष सिताराम बजगाईले बताए ।

विश्व खाद्य संगठनको आयोजना तथा नेपाल सरकार र लिबर्डको व्यवस्थापनमा भएको उक्त सम्मेलनको कृषि मन्त्री ज्वालाकुमारी साह र वन तथा वातावरण मन्त्री नवल किशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सम्मेलनमा नेपालका तनहुँको पुर्काेट सामुदायिक विउ बैंक सहित नवलपुर, बारा र डोटी जिल्ला र विश्वका २४ देशको प्रतिनिधित्व रहेको छ । उक्त सम्मेलनमा सहभागी विभिन्न देशहरुले पनि आ आफ्नो देशको रैथाने बाली तथा विविधिकरण गरिएका विभिन्न बस्तुहरुको प्रर्दशनी गरेका छन् ।

चैत ३० गतेसम्म चल्ने उक्त अन्तराष्ट्रिय सम्मेलनमा विश्वभरबाट लोप हुँदै गईरहेको रैथाने बालीको संरक्षण गर्ने बारेमा चिन्तन मनन हुने र सम्बन्धित देशका सरकारहरुलाई यसबारेमा ध्यानाकर्षण गराईने बजगाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म