नयाँ वर्षको पहिलो दिन छाब्दी बाराही मन्दिरमा हजारौं भक्तजन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १

नयाँ वर्षको पहिलो दिन शनिबार तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिरमा दर्शनकोलागि हजारौं भक्तजन पुगेका छन् । व्यास नपा–१४ स्थित छाब्दीमा रहेको उक्त मन्दिरमा र्दशन र पुजाको लागि शनिबार बिहानैदेखि भक्तजनहरुको बाक्लो भीड लागेको थियो ।

छाब्दी बाराही विकास कोषका अनुसार नयाँ वर्षको पहिलो दिन शनिबार छाब्दी मन्दिरमा करिब २० हजार भक्तजन आएका थिए । कोषका अध्यक्ष थानबहादुर थापा (प्रेम)ले २० हजार भन्दा बढि भक्तजन शनिबार छाब्दी बाराही मन्दिरको दर्शनको लागि आएको बताए ।

भक्तजनको बाक्लो भिड लागेपछि व्यवस्थापनकोलागि प्रहरी र स्वयंसेवकलाई हम्मे हम्मे भएको थियो । विहान ९ बजे मन्दिर पुगेका भक्तजनले दिउँसो २ बजेपछि मात्र पुजाको पालो आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न