नयाँ वर्षको पहिलो दिन छाब्दी बाराही मन्दिरमा हजारौं भक्तजन

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १

नयाँ वर्षको पहिलो दिन शनिबार तनहुँको प्रसिद्ध छाब्दी बाराही मन्दिरमा दर्शनकोलागि हजारौं भक्तजन पुगेका छन् । व्यास नपा–१४ स्थित छाब्दीमा रहेको उक्त मन्दिरमा र्दशन र पुजाको लागि शनिबार बिहानैदेखि भक्तजनहरुको बाक्लो भीड लागेको थियो ।

छाब्दी बाराही विकास कोषका अनुसार नयाँ वर्षको पहिलो दिन शनिबार छाब्दी मन्दिरमा करिब २० हजार भक्तजन आएका थिए । कोषका अध्यक्ष थानबहादुर थापा (प्रेम)ले २० हजार भन्दा बढि भक्तजन शनिबार छाब्दी बाराही मन्दिरको दर्शनको लागि आएको बताए ।

भक्तजनको बाक्लो भिड लागेपछि व्यवस्थापनकोलागि प्रहरी र स्वयंसेवकलाई हम्मे हम्मे भएको थियो । विहान ९ बजे मन्दिर पुगेका भक्तजनले दिउँसो २ बजेपछि मात्र पुजाको पालो आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता