सडकमा लत्रिएको विद्युतको नाङ्गो तार छुँदा घाइते

Devghat Online

शेयर गरौ

दमौली, बैशाख १

सडकमा लत्रिएको बिजुलीको नाङ्गो तार छुँदा शुक्रबार व्यास नपा–५ पतेनीमा एक युवा घाइते भएका छन् । घाइते हुनेमा मकवानपुर जिल्ला भिमफेदी गाउँपलिका–१ घर भएका २५ बर्षिय भरतबहादुर थिङ रहेका छन् ।

व्यास नपा–५ को ठुलोटारबाट पतेनी तर्फ आउँदै गर्दा सडकमा लत्रिरहेको विजुलीको हाइटेन्सन लाईनको तार छुँदा थिङ गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि तत्काल दमौली अस्पतालमा लगिएकोमा करेन्टको कारण शरिरका विभिन्न स्थानमा चोट लागेको र बोल्न नसक्ने अवस्था भएको कारण थप उपचारकोलागि भरतपुर अस्पताल चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ ।

लामो समयदेखी उक्त स्थानमा बिजुलीको करेन्ट प्रवाह भएको नाङ्गो तार सडकमा लत्रिरहँदा पनि नेपाल विद्युत प्राधिकरणले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । यस बारेमा नेपाल विद्युत प्राधिकरण दमौली वितरण केन्द्रमा पटक पटक जानकारी गराईएपनि उक्त कार्यालयबाट कुनै सुनुवाई नभएको एक स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती