योगी नरहरिनाथ पुस्तकालयलाई कम्प्युटर हस्तान्तरण

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ७

भरतपुर महानगरपालिका १ स्थित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीमा गैरआासीय नेपाली संघ र ललितपुर–२७ की आर्टिष्ट एना ढकालबाट ई–लाइब्रेरी सहितको डेक्सटप कम्प्युटर २ थान र ल्यापटप २ थान प्रदान गरिएको छ । उक्त सामाग्री पुस्तकालयका संयोजक डी आर पोखरेललाई एक समारोहका बीच हस्तान्तरण गरिएको थियो । उक्त ई लाइब्रेरीमा एक लाख साठी हजार विभिन्न विधाका पुस्तक रहेका छन् ।

पुस्ताकालयका संयोजक पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उप–कूलपति इन्द्र रेग्मीले पुस्तकालयको विकास र अभिवृद्धिमा भरतपुर महानगरले हर तवरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका उपमहासचिव सोम सापकोटाले योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एबम् अनुसन्धान केन्द्र वागीश्वरीलाई पछिसम्म पनि सहयोग जारी राख्ने र ७० लाख गैरआासीय नेपालीलाई यो संस्था संग जोडने साथै राष्ट्र गुरु योगी नरहरिनाथले सिर्जना गर्नु भएका महत्वपुर्ण पुस्तक छपाई र प्रकाशनमा यथासम्भभव सहयोग गर्न प्रतिबद्धता जनाए ।

ल्यापटप दाता एना ढकालका पिता एबम् वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका सचिव नवराज ढकालले योगी नरहरिनाथ पुस्तकालयलाई नयाँ उचाइमा पु¥याउन पुस्तकालयको आवश्यकता र अनुरोधलाई स्वीकार गरी छोरीले सहयोग गरेकोमा धन्यबाद एबम् आभार प्रकट गरे ।

कार्यक्रमलाई वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका संरक्षक शान्त प्रसाद पोखरेल र अध्यक्ष शैलेन्द्र कुमार पियाले यस्ता प्रकारका सहयोगलाई निरन्तरता दिँदै योगी नरहरिनाथले परिकल्पना गर्नु भएको वागीश्वरी माथि उठाउन सबैलाई अनुरोध गर्दै दातालाई धन्यवाद ज्ञापन गरे । सो कार्यक्रममा पुस्तकालय व्यवस्थापनका सदस्य प्रा डा होमनाथ सापकोटाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पुस्तकालयका साचिव भोजराज भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता