देवघाटमा ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ अभियान

Devghat Online

शेयर गरौ

देवघाट, असार १

देवघाट गाउँपालिकाका सामुदायिक विद्यालयमा हामी सुधार्छौं हाम्रो विद्यालय भन्ने अभियान सुरु भएको छ । गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सुशासन, जिम्मेवार र सक्षम व्यवस्थापन भन्ने मूल नाराका साथ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल देवघाट गाउँपालिका समितिको आयोजनामा उक्त अभियान अन्तर्गत शुक्रबार देवघाट–५ स्थित कालिका माविमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल देवघाट गाउँपालिका समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ, वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डे, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल तनहुँका अध्यक्ष विष्णुक्त न्यौपाने, देवघाट गाउँपालिका शिक्षा तथा खेलकुँद शाखा प्रमुख होमनाथ लामिछाने, गाउँपालिका शिक्षा शाखाकी शुभद्रा भट्टराई लगायतले सामुदायिक विद्यालयमा सरकारको धेरै लगानी रहेको हुँदा लगानी अनुसारको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

सो कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सकिने उपायहरुको बारेमा छलफल गरिएको थियो । विद्यालयको जिर्ण भौतिक पुर्वाधार, खानेपानी, सौचालय, प्राथामिक स्वास्थ्य उपचार, खेल मैदानको अभाव, सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप, पुस्तकालयको अभाव, अभिभावक, विद्यालय प्रशासन र व्यवस्थापन समिति विच तालमेल नहुनु, स्थानीय तहबाट प्रभावकारी अनुगमनको अभाव लगायतका विभिन्न कारणहरु सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धीमा अवरोध देखिएको बारेमा सहभागीहरुको जोड थियो ।

सो कार्यक्रमको सन्चालन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल देवघाट गाउँपालिका समितिकी सचिव एलिजा अधिकारी क्षेत्रीले र स्वागत मन्तव्य उपाध्यक्ष नर बहादुर गुरुङले गरेका थिए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको