देवघाट, असार १
देवघाट गाउँपालिकाको आर्थिक सहयोग तथा जिल्ला सहकारी संस्था तनहुँको आयोजनामा देवघाटमा सहकारी व्यवस्थापन सम्बन्धी तालिम शनिबार सुरु भएको छ ।



देवघाट गाउँपालिका भित्रका सहकारी संस्थाका प्रतिनिधिहरुलाई सहकारी सन्चालन र व्यवस्थापनको बारेमा जानकारी दिने उद्देश्यले सो तालिम आयोजना गरिएको हो ।
सो तालिममा जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारी, संघका लेखा सुपरिवेक्षण समितिका सदस्य अर्जुन अधिकारी, देवघाट गाउँपालिकाका सहकारी शाखाका प्रमुख कृष्णराप पन्त, व्यास बचत तथा ऋण सहकारी संस्था व्यास ३ का उपाध्यक्ष प्रेम प्रसाद पौडेलले प्रशिक्षण दिएका छन् ।
आइतबारसम्म चल्ने सो तालिममा देवघाट गाउँपालिकाभित्रका ११ वटा सहकारीका २४ जनाको सहभागीता रहेको छ ।