चन्द्रमाको दक्षिणी ध्रुवको क्रेटरको नाम ‘ल्हामु’ नामकारण

Devghat Online

शेयर गरौ

दमौली, साउन २२

अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नामकारण गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ ।

सगरमाथा अरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मान गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘ल्हामु’ नामकारण गरेको हो ।

पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको भन्दै अमेरिकी भूगर्भ सर्वेक्षणले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले