दमौली, साउन २२
अन्तर्राष्ट्रिय खगोलीय संघको ग्रह प्रणाली नामकरण कार्य समूहले चन्द्रमाको एक क्रेटरलाई ‘ल्हामु’ नामकारण गरेको अमेरिकी भूगर्भ सर्वेक्षणले घोषणा गरेको छ ।
सगरमाथा अरोहण गर्ने सफल प्रथम नेपाली महिला पासाङ ल्हामू शेर्पालाई सम्मान गर्न र उनको अतुलनीय उपलब्धिलाई मनाउन चन्द्रमाको दक्षिण ध्रुवको एक महत्त्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई ‘ल्हामु’ नामकारण गरेको हो ।
पासाङ ल्हामू शेर्पाको उपलब्धिले युवा नेपाली महिलाहरूका लागि सफलताको बाटो खोलिदिएको र विश्वभरिका अनगिन्ती महिलाहरूलाई अझ उच्च लक्ष्यमा पुग्न प्रेरित गरेको भन्दै अमेरिकी भूगर्भ सर्वेक्षणले पासाङ ल्हामू शेर्पाको बिरासतलाई मान्यता दिँदै र यो ऐतिहासिक सम्मानलाई नेपालसँग मिलेर मनाउन गर्व गर्ने जनाएको छ ।