अबिलम्व मुआब्जा वितरण गर्न भानुभक्त प्राणि उद्यानका पीडित जग्गाधनीहरुको माग

Devghat Online

शेयर गरौ

दमौली, साउन २२

भानुभक्त प्राणी उद्यान जग्गाधनी समन्वय समितिले अबिलम्ब मुआब्जा वितराण गर्न माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाई उक्त समन्वय समितिले अबिलम्ब मुआब्जा वितरण गर्न माग गरेको हो ।

व्यास नगरपालिका वडा नम्बर ११ र १२ तथा भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को क्षेत्रलाई समेटिएर ८ वटा सामुदायिक वन, ५ वटा कबुलियती वन, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वनको आंशिक क्षेत्र तथा खोला नाला र सो क्षेत्र भित्र रहेको १९४६ स्थानीय नीजि घरजग्गाहरुलाई समेत समेटी कुल ४२५ हेक्टर जग्गामा भानुभक्त प्राणी उद्यान खोल्ने भनि सरकारले २०७३ माघ २० गतेको मन्त्रिपरिषदको बैठक र २०७४ बैशाख १८ गते राजपत्रमा समेत प्रकाशित भएको थियो ।

उक्त उद्यान सन्चालन गर्ने निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको घरजग्गा मुल्यांकन समितिले गरेको मुल्य निर्धारण भएको ४ बर्ष भईसकेको समन्वय समितिका संयोजक हर्क बहादुर कार्कीले बताए । उक्त ४ बर्षको अवधिमा मुआब्जाको लागि धेरैपटक अनुरोध र संघर्ष गरिएपनि हालसम्म सुनुवाई नभएको उनले बताए ।

४ बर्षको अवधिमा प्राणी उद्यानले धेरै गती लिइसक्दा पनि चरणबद्ध रुपमा राज्यका सम्बन्धित निकाय वन मन्त्रालय, वन्यजन्तु संरक्षण विभाग लगायत प्रधानमन्त्री, राष्ट्रपती समक्ष समेत समिति पुगेर मुअब्जाको लागी अनुरोध गर्दा पनि कुनै सुनुवाई र सम्बोधन नभएको ज्ञापनपत्रमा उल्लेख छ ।

मुआब्जाको सुनुवाई नहुँदा कतिपय बासिन्दाहरु घरवारविहिन भई सडकमा आउनु पर्ने अवस्था रहेको र राज्य पक्षबाट गम्भिर अन्यायपमा परेको हुँदा स्थानिय बासिन्दा तथा सम्पूर्ण जग्गा धनीहरुको गत साउन १८ गते बसेको बैठकले आन्दोलनको घोषणा गरेको संयोजक कार्कीले बताए ।

आफ्ना मागहरु अबिलम्ब सम्वोधन नभए जग्गाधनीहरुबाट बनेको संघर्ष समितीले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको ज्ञापनपत्रमा जनाईएको छ । जिल्लाको प्रमुखको नाताले यस सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराई मुअब्जा प्राप्तीको लागी सहयोग गर्नुहुन समितिले अनुरोध समेत गरेको छ ।

समितिले आफ्ना मागहरु पुरा नभए साउन २७ गते भानु प्राणी उद्यानको कार्यलयमा तालावन्दी, कार्यलय घेराउ सहित पृथ्वीराजमार्गमा चक्काजाम तथा साउन २८ र २९ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे

दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको

‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

देवघाट, भदौ २९ देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना