जिल्ला क्रिकेट संघ तनहुँ (क्यान) को साधारण सभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३०

जिल्ला क्रिकेट संघ तनहुँ (क्यान) को साधारण सभा आइतबार सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघ तनहुँ (क्यान) अध्यक्ष मदन तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति अनिल पाण्डेले तनहुँमा क्रिकेटले निकै राम्रो गरिरहेको र नेपालमा क्रिकेटको क्रेज निकै बढेको आफुले पाएको बताए । पाण्डेले जिल्ला क्रिकेट संघ तनहुँले महिला खेलाडीहरु उत्पादनमा जोड दिनुपर्ने पनि बताएका थिए ।

कार्यक्रममा क्रिकेट संघका केन्द्रिय सदस्य सुदिप शर्माले क्रिकेटले विश्वमा नेपालको नाम चिनाउने काम गरेको र क्रिकेट खेल्ने खेलाडीहरुको पनि भविष्य रहेको बताएका थिए । प्रादेशिक क्रिकेट संघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पछिल्लो समयमा तनहुँले क्रिकेटको विकासमा उल्लेख्य काम गरेको बताएका थिए । उनले गत आर्थिक बर्षमा संचालन गरेको स्कुल लिग खेलले राम्रो संदेश दिएको बताए ।

सो कार्यक्रममा दमौली अस्पतालका पुर्व अध्यक्ष हरिराज कडेल, क्यान तनहुँका निवर्तमान अध्यक्ष ताराराम श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तनहूँका कार्यालय प्रमुख शिवहरी पण्डित लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले बर्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र भावि योजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु