म्याग्दे गाउँपालिकाको बृत्तचित्र सार्वजानिक

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३०

म्याग्दे गाउँपालिकाको बृत्तचित्र सार्वजानिक गरिएको छ । गाउँपालिकाको धार्मिक, सांस्कृतिक, पर्यटकीय, भौतिक विकास निर्माणका साथै सुशासन सम्बन्धी सम्पूर्ण जानकारीको साथ वृत्तचित्र निर्माण भएको छ । गाउँपालिकाको आधिकारिक युट्युव च्यानलबाट उक्त बृत्तचित्रको भिडियो सार्वजानिक गरिएको छ ।

उक्त वृत्तचित्रमा म्याग्दे गाउँपालिका भित्र रहेका प्रचारको कमीले ओझेलमा परेका पर्यटकीय स्थलहरूलाई सम्बन्धित सरोकारवालाहरू माझ पु¥याउनको निम्ति भिडियो बनाईएको छ । बृत्तचित्रमा म्याग्दे गाउँपालिका भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय, तथा अन्य भौतिक पुर्वाधार विकासका क्षेत्रलाई जानकारी गराएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

बृत्तचित्रको माध्यमबाट म्याग्देको कला र संस्कृती, यहाँका पर्यटकीय क्षेत्र तथा धार्मिक क्षेत्रको प्रबद्र्धन गरि पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त बृत्तचित्रको निर्माण मध्यनेपाल ब्रोडकास्टिङ प्रालि बन्दिपुर–१ ले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण