प्लाष्टिकका झोला प्रयोग नगर्न नगरवासीलाई व्यास नगरपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २

व्यास नगरपालिकाले प्लाष्टिकका झोला प्रयोग नगर्न नगरवासीलाई अनुरोध गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ति प्रकाशन गरि ग्राहक वर्गले सामान किन्न जाँदा घरबाट कपडा, जुट, फाईवरका वातावरणमैत्री झोला लिने बानी गर्नु हुन अनुरोध गरेको छ ।

व्यास नगरपालिकालाई वाताबरणमैत्री नगरपालिका निर्माणमा दिर्घकालीन सोचका साथ अघि वढि सम्पूर्ण नगरवासीमा जानकारी गराउदै यस अभियानमा केही कार्यहरु अघि बढाईएको र नगरवासीहरुबाट सहयोगको अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका क्षेत्रभित्र २०८१ जेष्ठ १ गते देखी नगरद्वारा निषेधित प्लाष्टिकका झोला, कप र प्लेट प्रयोग गर्ने व्यापारी, व्यवसायी, होलसेल विकेता तथा प्रयोगकर्ताहरुलाई नगर प्रहरीद्वारा अनुगमनका क्रममा हालसम्म करीब ६ क्विन्टल प्लाष्टिकका झोलाहरु जफत गरिएको नगरपालिकाले जनाएको छ ।

सरोकारवाला सबैलाई सु–सुचित गराउने उद्देश्यले यस अवधीमा व्यास नगरपालिकाबाट बजार अनुगमन, माईकिङ्ग गर्ने, रेडियो, एफ एम तथा पत्रपत्रिकाबाट सार्वजनिक सूचना प्रशारण गर्ने, पत्रचार, बैठक तथा भेलाहरु भैरहेका र निषेधित प्लाष्टिकका वस्तुहरुको प्रयोगमा उल्लेख्य रुपमा न्युनीकरण हुनुमा सरोकारवाला सबैको सकारात्मक प्रयास रहेको नगरपालिकाले जनाएको छ ।

यस ६ महिनाको अवधिमा गाउँ तथा बजारका विभिन्न टोलवासी केही सचेत एवं जिम्मेवार व्यक्ति तथा व्यापारी, व्यवसायीहरुबाट निषेधित प्लाष्टिकका झोलाहरु प्रयोग गरिरहेको पाईएको हुँदा यस प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै नगरपालिकाका वन तथा वातावरण समितिका संयोजक रनसिं नेपालीले प्रकाशित गरेको विज्ञप्तिमा ग्राहक वर्गले सामान किन्न जाँदा घरबाट कपडा, जुट, फाईवरका वातावरणमैत्री झोला लिने बानी गर्नु हुन अनुरोध गरिएको छ ।

यसको विपरीत भएमा ऐन नियम अनुसार सामान जफत गरी जरिवाना गर्नुका साथै पत्र पत्रिकामा नाम सार्वजनिक गरिने भन्दै नगरपालिकाले सबै शिक्षक, विद्यार्थी, कर्मचारी जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, राजनितिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी, एवं सर्वसाधारण सबैले यस अभियानमा सहयोग पु¥याउन अनुरोध गरेको छ । आफै वातावरणमैत्री, झोला नलगेको अवस्थमा कुनै पनी दोकानबाट सामान खरिद गर्दा झोला अलग खरिद गर्नुपर्ने हुँदा मितव्ययी हुन समेत नगरपालिको अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण