देवघाट, मंसिर ६
श्री निम्बार्क वैष्णवहरुको राष्ट्रिय महासम्मेलन् बुधबारबाट पबित्र धार्मिकस्थल देवघाटधाममा शुरु भएको छ । चितवनको भरतपुर–१ देवघाटधाम स्थित नारयणी नदीको किनारमा भएको राष्ट्रिय सम्मेलनको भारत स्थित वृन्दाबनधामका हेमकान्त शरण महाराज, बृन्दाबन सनकादी आश्रमका मठाधिस बासुदेव शरण महाराज लगायत गुरूहरूबाट शुभकामना सहित सबैले सामुहिक दिपप्रज्वलन गरि उद्घाटन गरे ।



महासम्मेलन अघि सम्मेलन स्थलबाट चितवनको भरतपुर परिक्रममा गरि पुनः सम्मेलन स्थलसम्म बृहत शोभायात्रा आयोजना गरियो । उक्त कार्यक्रम महासम्मेलन आयोजक समितिका संयोजक आचार्य हरिशरण उपाध्यायको अध्यक्षतामा गरिएको थियो । उक्त सम्मेलनमा चतराधाम सुनसरीबाट आएका नेपालका प्रथम जगतगुरू अनन्त बिभुषित बालसन्त मोहन शरण देवाचार्य महाराजले आर्शिवचन तथा निम्बार्क सम्प्रदायको बारेमा जानकारी गराएका थिए ।

विश्वभरका निम्बार्क वैष्णव सम्प्रदायहरुलाई एकिकृत गर्ने उदेश्यका साथ सुरु भएको उक्त महासम्मेलनमा भुटान, सिक्किम, अयोध्या, छात्तिसगढ़लागायतका स्थानबाट सन्त महाराजहरु उपस्थित रहेका छन् ।
उक्त महासम्मेलनमा नेपालका प्रथम जगद्गुरु अनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यज्युले निम्बार्कचार्यको महिमा सुनाउदै यो सम्मेलन झगडावाद्को अन्त्यका भएको बताए । उनले यो कुनै पैसा कमाउने उदेश्यले गरिएको यज्ञ नभएको बताउदै यो बिशुद्ध सत्संग मात्र भएको उल्लेख गर्नुका साथै यद्यपि यहाँबाट केहि रकम उठ्यो र जम्मा भएको खण्डमा देवाघाटमानै खर्च गरिने जानकारी गराए ।

सनातन धर्म रक्षाकालागी अहोरात्र खटेको जनाउदै उनले धर्मरक्षार्थ मेची महाकाली पदयात्रा गरेको स्मरण गराए । आफु कुनै सम्प्रदायको मात्र जगद्गुरु नभएको भन्दै ३ करोड नेपालीकै जगतगुरु भएको हुनाले यो सम्मलेन कुनै सम्प्रदाय बिशेसको मात्र नभएकोले सबै सनातन धर्ममा बिश्वास गर्ने भक्तजनलाई महासम्मेलनमा सहभागी हुन आग्रह गरे ।
कार्यक्रमका अर्का बक्ता धार्मिक अभियन्ता प्रेमनिधि भारद्वाजले निम्बार्क सम्प्रदायले कुनै पनि सम्प्रदायलाई घृणाको दृस्टीले नहेर्ने बताउदै निम्बार्ग गूरुको द्वैत अद्वैतावाद संसारकै उत्कृष्ट दर्शन भएको बताए । उक्त महासम्मेलन मंसिर ८ गते समापन हुनेछ ।












