भानुको कर्मदा माविमा पढ्दै कमाउँदैः विद्यार्थी आलुखेतीमा रमाउँदै

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ११

भानु नगरपालिका–९ बाइसजाँगरस्थित कर्मदा माध्यमिक विद्यालयका विद्यार्थीले आलुखेती सुरू गरेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थीले दुई रोपनी क्षेत्रफलमा आलुखेती सुरू गरेका हुन् ।

विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई मौसम अनुसारको खेती गर्न सिकाउने उद्देश्य अनुरूप आलुखेतीमा संलग्न गरिएको प्रअ सञ्जयकुमार विकले जानकारी दिए । छात्राबासमा बस्दा अभिभावकको आर्थिक लगानीलाई केही कम गर्ने र विद्यार्थीलाई आफैँप्रति जिम्मेवार बनाउन सकियोस् भन्ने उद्देश्यस्वरूप आलुखेती गराइएको उनको भनाइ छ ।

उनले भने, ’छात्राबासमा बस्दा अभिभावकको केही रकम खर्च हुन्छ । आलुखेती गरेर केही आम्दानी भयो भने सहज हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमले विद्यार्थीलाई श्रमप्रतिको भावनासमेत जगाउँछ ।’ आलुखेतीका लागि बारी खन्न विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् ।

त्यसक्रममा ७० किलो आलु रोपिएको प्रधानाध्यापक विकले बताए । उनले भने, ’पढाइसँगै व्यावहारिक सीप सिकाउनसमेत यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास लिएका छौँ ।’ उत्पादित हुने आलु बिक्री गरी विद्यार्थीले खर्च जुटाउन सक्ने विकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

तनहुँ । बैशाख ७ तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ६ देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुलमले आगामी शैक्षिक सत्रकोलागि ३२

लोकप्रिय स्वास्थ्य क्लिनिकमा भएको निशुल्क शिबिरबाट ३४१ सेवाग्राही लाभान्वित

तनहुँ । बैशाख ६ लोकप्रिय स्वास्थ्य क्लिनिक दमौलीको आयोजना र यूआरएलको प्राविधिक सहयोगमा शनिबार भएको

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार भट्टराई, अधिकारी र नेपालीलाई प्रदान

तनहुँ । बैशाख ६ बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट प्रकाशचन्द्र भट्टराई, धनपति अधिकारी र सानेबहादुर