विभिन्न मुद्धाका फरार प्रतिबादीहरु पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

बिभिन्न मुद्धामा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भई हालसम्म फरार रहेका दुई जना प्रतिबादीहरुलाई तनहुँ प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बहुविवाह मुद्धामा दोषी ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–३ पसले गंगटे बस्ने ५१ बर्षीय बुद्धि बहादुर नेपाली र सवारी ज्यान मुद्धामा दोषी ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–४ घुम्ती बस्ने ५६ बर्षीय गोवर्धन राना मगर रहेका छन् ।

नेपालीलाई २०५६ मंसिर ८ गते तनहुँ जिल्ला अदालतले बहुविवहा मुद्धामा दोषी ठहर गरेको थियो । उनी सजाय स्वरुप तोकिएको १८ दिन कैद भुक्तान नगरी फरार रहेका थिए । त्यस्तै मगर सवारी ज्यान मुद्धामा २०६४ पुस ११ गतेको फैसलाले दोषी ठहर भएका थिए । उनी सजाय स्वरुप तोकिएको ५ दिन कैद भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।

पक्राउ परेका उनीहरु दुबैलाई कैद सजाय भुक्तानकोलागि अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक