भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्रीको ध्यानाकर्षण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

तनहुँको दक्षिण पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्र भिमादमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराईएको छ ।

तनहुँका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरु सम्मिलित प्रतिनिधि मन्डलले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई भेटी भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्नको लागि मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्न अनुरोध गरेका थिए ।

तनहुँ क्षेत्र नम्बर २ का सांसद शंकर भण्डारीको नेतृत्वमा तनहुँका जनप्रतिनिधि एंव राजनीतिक दलका प्रमुखहरूको प्रतिनिधि मण्डलले गृहमन्त्री लेखकलाई भेटी तनहुँ जिल्लाको पश्चिम भेगका जनताको समस्यालाई मध्यनजर गरी भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने लगायतका अन्य महत्वपुर्ण समस्याहरूको बारेमा जानकारी गराएका थिए ।

उक्त भेटमा गृहमन्त्री लेखकले यसबारेमा थप छलफल गरि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रतिबद्धता व्यक्त भएको भिमाद नपाका मेयर दधिराज सुवेदीले जानकारी दिए ।

उक्त प्रतिनिधि मण्डलमा संविधान सभा सदस्य टुकराज सिग्देल, ध्रुव वाग्ले, गन्डकी प्रदेश सभाका सदस्य जीत प्रकाश आले, भिमाद नगर प्रमुख दधीराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हरिराज कंडेल, नेपाली काँग्रेसका नेता पुष्प पराजुली लगायतका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

यसैगरि उक्त प्रतिनिधि मन्डलले संघीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटी भिमाद अस्पतालको भवन निर्माणको समस्या समाधान तथा जीपी कोइराला तथा अन्य आधरभुत अस्पतालहरुको स्तरवृद्धी सम्बन्धमा छलफल भएको भिमाद नगरपालिकाका मेयर सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक