स्थानीय सरकारले रोजगारी सिर्जना गर्नुपर्छः उपप्रधानमन्त्री सिंह

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १४

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे–भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । शिक्षा, स्वास्थ र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्न उनको सुझाव थियो ।

उनले एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला, वृद्धवृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए । तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थीरताका लागि अहिले संसदका दुई ठुला पार्टी मिलेर सरकार बनाएको बताए । ’राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाई हामी सबैलाई महसुस भएको हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने,’ त्यसैले अहिले संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकताममा राखेर सरकारले काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध