एनपिएल शनिबारदेखी, आठ वटा फ्रेन्चाइज टोली प्रतिश्पर्धामा

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १४

घरेलु क्रिकेट संरचनालाई बलियो बनाउन र खेलाडीलाई व्यावसायिक बनाउने उद्देश्यले नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोली मङ्सिर १५ गते शनिबारदेखि त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजना हुँदैछ ।

एनपिएल नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको छ । विश्वका स्तरीय फ्रेन्चाइज लिगको अवधारणालाई पछ्याउन क्यानले आफ्नै अग्रसरतामा एनपिएल आयोजना गर्न लागेको हो । नेपालको भौगोलिक र सांस्कृतिक परिदृश्यलाई समेत समेट्ने गरी विभिन्न सहर र प्रदेशको नाममा आठ वटा फ्रेन्चाइज टोलीले एनपिएलमा प्रतिस्पर्धा गर्दैछन् ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपिएलमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर र जनकपुरबिच भिडन्त हुनेछ । क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्व बढाएको छ ।

ट्रफीको सार्वजनिकसँगै सामाजिक सञ्जालमा यसको चर्चा थप चुलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आठवटै टोलीका मार्की खेलाडीको रोहवरमा धरहरालाई साक्षी राखेर ट्रफीको अनावरण गरेका थिए । ट्रफीमा प्रयोग गरिएको ढुङ्गा पर्वतारोही निमा शेर्पा र मिङमा शेर्पाले कालापत्थर क्षेत्रबाट काठमाडौँ ल्याएका थिए । सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुङ्गा नै ट्रफीको मुख्य आकर्षण हो । यसले विश्व सम्पदाको सूचीमा रहेको संसारकै अग्लो सम्पदाको संरक्षण र प्रवर्धन गर्नेछ । साथै एनपिएलको माध्यमबाट पर्यटनमा सहयोग पुग्ने आशा राखेको क्यानले नजाएको छ ।

क्यानले एनपिएल ट्रफीलाई सिम्बोलका रूपमा सगरमाथाको उचाइ सरह ८८४८.८६ मिटर उचाइ दिएको छ । करिब तीन किलो तौल रहेको ट्रफी भारतको मुम्बई सहरका कालीगढले बनाएका हुन् । साधारण धातु (मेटल) प्रयोग गरी बनाइएको यस ट्रफी रनिङ ट्रफीको रूपमा एनपिएलमा प्रयोग हुनेछ । क्यानले विजेतालाई यस्तै स्वरूपको प्रतिकृति (रिप्लिका) ट्रफी प्रदान गर्नेछ । क्यानले ट्रफीको लागत मूल्य भने खुलाएको छैन ।

यसैविच नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सहभागी टिमहरुको कप्तानहरु घोषणा भएका छन् । शुक्रबार त्रिवि क्रिकेट मैदानमा आयोजित कार्यक्रम मार्फत् कप्तानहरु घोषणा गरिएको हो ।

जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाएका छन् । जस अनुसार विराटनगर किंग्सको कप्तान सन्दीप लामिछाने, चितवन राइनोजको कप्तान कुशल मल्ल, काठमाण्डु गुर्खाजको कप्तान करण केसी, पोखरा एभेन्जर्सको कप्तान कुशल भुर्तेल, लुम्बिनी लायन्सको कप्तानमा रोहित पौडेल, कर्णाली याक्सको कप्तानमा सोमपाल कामी र सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

सबै कप्तानहरुले आफूहरु पूर्णरुपमा तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै विराटनगरका कप्तान सन्दिप लामिछानेले सबैजना उत्साहित रहेको र टिम पनि सन्तुलित रहेको बताए । ‘अरु लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो पूरा भएको छ । आगामी ३–४ वर्षमा एनपीएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ । सपना पूरा भएको जस्तो लागेको छ’ उनले भने ।
त्यस्तै जनकपुरका कप्तान अनिल शाहले भने, ‘उता मैदान नभएर काठमाडौंमा आएर मात्र तयारी ग¥यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी आएर टिम पनि राम्रो देखिएको छ, एनपीएलको हाइपले गर्दा उत्साहित छौं ।’ कप्तानको जिम्मेवारी दिइएको बारे अनिलले भने, ‘म घरेलु खेलाडीसँग धेरै कुरा गर्ने भएर मलाई दिनुभएको होला, आसिफसँगको सहकार्यमा नै टिमको निर्णयहरु गरिने छ , कप्तान जो भए पनि त्यस्तो केही फरक पर्दैन ।’

default

त्यसैगरी चितवनका कुशल मल्लले तयारी राम्रो भएको र स्टार नेटवर्कमार्फत् विश्वभर प्रसारण हुने कुराले उत्साहित रहेको बताए । ‘विश्वभरबाट हामीलाई हेर्छन्, राम्रो गर्नुपर्छ भन्ने लागेको छ’ उनले भने । काठमाडौंका कप्तान करण केसीले एक महिनाअघिदेखि घरेलु युवा खेलाडीहरूलाई प्रशिक्षणमा सहभागी गराएको कुरा उल्लेख गर्दै भने, ‘विदेशी पनि सबै आइसकेका छन्, हामी एक महिनाअघि देखि घरेलु खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छौं । युवा खेलाडी र विदेशीको तालमेलले राम्रो हुनेछ भन्ने छ ।’

पोखराका कप्तान कुशल भुर्तेलले भारतीय प्रशिक्षकबाट पोखरामा राम्रो तयारी भएको बताए । लुम्बिनीका कप्तान रोहित पौडेलले टिमको तयारी राम्रो भएको बताए । ‘हामीले एक्स्ट्राटेक मैदानमा प्रशिक्षण ग¥यौं । राम्रो भएको छ’ उनले भने । ‘तयारी राम्रो भएको छ लुम्बिनीको, एनपीएल एकदम महत्वपूर्ण प्रतियोगितामा हो, आइपीएलले भारतमा सहयोग गरेजस्तो एनपीएलले नेपाली क्रिकेटलाई सहयोग गर्ने छ’ रोहितले थपे ।

कर्णाली याक्सका कप्तान सोमपाल कामीले युवा नेपाली र अनुभवी विदेशी खेलाडीको समिश्रणले टिम बलियो भएको बताए । ‘हाम्रो टिममा युवा धेरै छन्, विदेशी पनि अनुभवी ल्याएका छौं । हामीले उहाँहरुबाट कति सिक्न सकिन्छ भन्ने कुरा हो’ उनले भने, ‘एनपीएलले धेरै युवाहरुलाई मौका दिएको छ । नेपालका लागि राम्रो खेलाडी पनि निस्कन्छन् भन्ने विश्वास छ ।’

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले टिम राम्रो भएको र युवा र विदेशी खेलाडीहरु मिलेर सबैले राम्रो गर्ने कुराले उत्साहित रहेको बताए । एनपीएलको उद्घाटन खेलमा शनिबार जनकपुर बोल्ट्स र विराटनगर किंग्स खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

तनहुँ । चैत १३ बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक