स्वदेश फर्किए प्रधानमन्त्री ओली

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर २१

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्।

बेइजिङबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंह लगायतले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओली गत सोमबार (मंसिर १७ गते) चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका थिए। उनका साथमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, उनका सल्लाहकारहरू विष्णु रिमाल र डा. युवराज खतिवडा लगायत सहभागी थिए।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् । उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए ।

ओलीले भने, ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’

प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नलाई प्रधानमन्त्रीले खण्डन गरे ।

उनले भने, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन । भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन ।’

प्रधानमन्त्रीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ ? भनेर पनि सोधिएको थियो ।

उनले जवाफ दिए, अब एरेन्ज गर्नुपर्छ । फर्केकै दिन कसरी भन्ने ।’

ओलीले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता