सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर २१

नेपाल प्रिमियर लिग ९एनपीएल०मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५।५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो ।

काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । ३।५ ओभर बलिङ गरेका नरेनले १९ रनमात्र खर्चिए । उनले काठमाडौंका गेरहार्ड इरास्मस, एस्किनाजी, राशिद खान, करण केसी र साहब आलमलाई पभेलियनको दिशा देखाएका थिए ।

अविनाश बोहराले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका अविनाशले एक मेडन फ्याक्दै १२ रनमात्र खर्चिए । ब्रान्डन म्याकमुलम र सैफ जैबले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ५३ रन बनाए । उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । म्याकमुलमलाई १२औँ ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराएका थिए ।

ओपनर विनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन थपे । १७–१ को स्थितिबाट विनोद र म्याकमुलमले ११४ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई १०३–२ को बलियो स्थितिसम्म पुर्‍याएका थिए ।

विनोदलाई साहबले १३औँ ओभरको पहिलो बलमा एलबीडब्लूको धरापमा पारेका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । १९औँ ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रलाई करण केसीले माइकल लेभिटनबाट क्याच गराएका थिए ।

ओपनर सैब जैबले ११ रन थपे । नौ बलमा एक छक्का प्रहार गरेका जैबलाई दोस्रो ओभरको अन्तिम बलमा राशिद खानले बोल्ड गरेका थिए । सस्तैमा आउट भएका रोहन मुस्ताफालाई राशिदले नै १६औँ ओभरको अन्तिम बलमा बोल्ड गरे । मुस्ताफाले चार रन जोडे । १७औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि आरिफ सेखले तीन बलमा तीन रनमात्र बनाए ।

काठमाडौंका राशिद खानले विकेट लिए । करण केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान एक विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा