पूर्व विद्यार्थी मञ्चद्वारा न्यानो कपडा सहयोग

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चद्वारा बुधबार न्यानो कपडा बितरण गरिएको छ ।

मञ्चका अध्यक्ष भानु चपागाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद छिमाललाई हस्तान्तरण गरेका थिए । गरीव, असाहय तथा अपाङ्गता भएका विद्यार्थीलाई सोही विद्यालयका पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा न्यानो कपडा खरीद गरी सहयोग गरिएको हो ।

करीव ३० हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको हस्तान्तरण अध्यक्ष चापागाईले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशरबहादुर आले, विद्यालयका प्रअ बुद्धिकुमार श्रेष्ठ, सहायक प्रअ हरिराज काफ्ले, शिक्षक बुद्धिकुमार बिक लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता