पूर्व विद्यार्थी मञ्चद्वारा न्यानो कपडा सहयोग

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

व्यास नगरपालिका–६ शिसाघाट स्थित महेन्द्रज्योती माध्यामिक विद्यालयको पूर्व विद्यार्थी मञ्चद्वारा बुधबार न्यानो कपडा बितरण गरिएको छ ।

मञ्चका अध्यक्ष भानु चपागाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद छिमाललाई हस्तान्तरण गरेका थिए । गरीव, असाहय तथा अपाङ्गता भएका विद्यार्थीलाई सोही विद्यालयका पूर्व विद्यार्थीहरुको आर्थिक सहयोगमा न्यानो कपडा खरीद गरी सहयोग गरिएको हो ।

करीव ३० हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको हस्तान्तरण अध्यक्ष चापागाईले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशरबहादुर आले, विद्यालयका प्रअ बुद्धिकुमार श्रेष्ठ, सहायक प्रअ हरिराज काफ्ले, शिक्षक बुद्धिकुमार बिक लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक