म्याग्दे गाउँपालिकाको सभाहलको शुक्रबार उद्घाटन गरिने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

म्याग्दे गाउँपालिकाको सभाहलको शुक्रबार उद्घानट गरिने भएको छ । वडा नम्बर ३ बेल्टार स्थित ठुलो बगैंचामा निर्माण भएको सुविधा सम्पन्न सभाहलको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्तरुपमा उद्घाटन गर्ने भएका छन् ।

सुर्य÷एमएनसी लोयल जेभी पोखराले भ्याट रकम बाहेक २ करोड ९८ लाख ७२ हजार ६७१ रुपैयाँमा उक्त सभाहल निर्माण सम्झौता गरेको थियो । २०७७ चैत २६ गते निर्माण सम्झौता भएको र निर्माण गरिसक्नु पर्ने अवधि २०८१ असार ३० गते भित्रै सभाहल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । यसअघि सभाहलको औपचारिक उद्घाटन नभएपनि केही औपचारिक कार्यक्रम भने उक्त सभाहलमा आयोजना गरिसकिएको छ ।

उक्त सभाहल निर्माणको लागि स्थानीय सरस्वती घिमिरेको परिवारले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए । उक्त सभाहलमा करिब ७ सय जनाको क्षमता रहेको छ ।

यसैगरि वडा नम्बर ४ को थर्पुमा निर्माण गरिएको १० शैयाको अस्पताल सन्चालन पुर्व शुक्रबार अस्पताल भवनमा रुद्री पुजा लगाईने भएको छ ।

अस्पतालमा रुद्री पुजा र सभाहलको उद्घाटन कार्यक्रम भएको हुँदा शुक्रबार गाउँपालिकाबाट प्रदान हुने अत्यावश्यक बाहेकका अन्य सेवाहरु आंशिक रुपमा प्रभावित हुने गाउँपालिकाले सुचना प्रकाशन गरि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र