जिल्ला प्रशासनमा सेवा प्रवाह र गुनासो दर्ताकोलागि क्युआरकोड

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २१

जिल्ला प्रशासन कार्यालय तनहुँमा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहको बारेमा जानकारी दिन र सेवाग्राहीको गुनासो दर्ताको लागि क्युआरकोडको व्यवस्था गरिएको छ । कार्यालयको प्राङ्गणमा राखिएको क्युआरकोड मार्फत सेवा प्रवाहको बारेमा जानकारी दिइने छ भने कार्यालयबाट प्रदान गरिने सेवाको बारेमा सेवाग्राहीको गुनासोको लागि पनि क्युआरकोडको व्यवस्था गरिएको छ । उक्त दुबै क्युआरकोडको शुक्रबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सार्वजानिक गरेका थिए ।

सेवा प्रवाह सम्बन्धि क्युआरकोड स्क्यान गरेपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी दिइनेछ । नागरिकताको प्रमाणपत्र, राहदानी लगायतका सेवा प्राप्त गर्न अपनाउनुपर्ने विधिहरुको बारेमा जानकारी दिइनेछ भने गुनासो सम्बन्धि क्युआरकोड स्क्यान गरि नागरिकले आफ्ना गुनासोहरु पठाउन सक्ने व्यवस्था मिलाईएको छ ।
उक्त क्युआरकोड सार्वजानिक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले क्युआरकोड मार्फत नागरिकले आफ्ना सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने र गुनासोलाई पनि सरल र छिटो छरितो रुपमा सम्बन्धित अधिकारी समक्ष राख्नसक्ने बताए ।

जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको साउन देखी हालसम्म ३१४९ नयाँ नागरिकता वितरण गरेको छ । जसमा महिला १६०३ जना र पुरुष १५४६ जनालाई नयाँ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । त्यस्तै नागरिकता प्रतिलिपि तर्फ साउन यता हालसम्म ३२७२ जनालाई वितरण गरिएको छ । जसमा महिला १५५५ जना र पुरुष १७१७ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । त्यस्तै बैबाहिक अंगिृकत नागरिकता ३ जनालाई र गैरआवासिय नागरिकता ७ जनालाई प्रदान गरिएको छ ।

त्यस्तै अन्य सेवा तर्फ राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक ४०६६ जनालाई, २ हजार ५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण, ४६१८ जनाको राहदानीमा बायोमेट्रिक तथा ५ हजार ८८ जनालाई राहदानी वितरण, नावालक परिचयपत्र वितरण २६५ जनालाई, संस्था दर्ता १० र नविकरण ४८७ वटा, विपद् पुननिर्माण र पुनस्थापना तर्फ ४ जना पीडितलाई ६ लाख ५० हजार रुपैयाँ, सामी तर्फ ६५ वटा उजुरी दर्ता भएकोमा २५ वटामा कारवाही तथा ४ हजार २ सय जनालाई बैदेशिक रोजगारी सम्बन्धि परामर्श प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । उक्त कार्यको सुरुवात मंसिर २० गते आबुँखैरेनी गाउँपालिकाबाट सुरु गरिएको छ । देवघाट गाउँपालिका र कालिका मावि देवघाटमा उपभोक्ता सचेतना कार्यक्रम गरिएको छ ।
त्यस्तै गत कार्तिक ८ गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भिमाद बजार र कार्तिक ९ गते आबुँखैरेनी बजारको अनुमगन गरि म्याद गुज्रिएका उपभोग्य बस्तु, अखाद्य बस्तु तथा नागरिकको जनस्वास्थ्यलाई प्रतिकुल असर पार्ने बस्तुहरु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती