देवघाट, मंसिर २२
देवघाट गाउँपालिका–५ स्थित देवघाट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन अधिकारी चयन भएका छन् । संस्थाको १३ औं वार्षिक साधारणसभा एवं छैठौं अधिवेशनबाट अधिकारी पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट सहकारीको उपाध्यक्षमा प्रशन्न ढकाल, सचीवमा महेश भट्टराई, कोषाध्यक्षमा बविता भुर्तेल चयन भएका छन् । यस्तै सदस्यहरुमा सोमनाथ ढकाल, भरत आचार्य र ढक बहादुर कुँवर चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा भिम प्रसाद सापकोटा तथा सदस्यहरुमा सन्दीप पोख्रेल र विनोद मगर चयन भएका छन् ।
यस्तै साधारण सभाले संस्थाको ऋण परिचालन उप समितिको संयोजकमा भरत आचार्य तथा सदस्यहरुमा हरि कुँवर र हरिकला गौतम ढकाल, शिक्षा तथा तालिम उप समितिको संयोजकमा सम्राट अधिकारी तथा सदस्यहरुमा हरिबहादुर थापा र शान्ता तिमिल्सिना, महिला बालबालिका उत्थान उपसमितिको संयोजकमा हरिमाया ढकाल तथा सदस्यहरुमा तारा न्यौपाने र भगवती सुवेदीलाई चयन गरेको छ ।
सो साधारणसभाको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकका प्रवक्ता पुर्णबहादुर कुँवर, जिल्ला सहकारी संघ तनहुँकी उपाध्यक्ष सिर्जना तिवारी, देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्णराज पन्त, वडा नम्बर ५ का वडा सदस्य यमबहादुर मगर, कमला गुरुङ, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक संगिता ओझा भुर्तेल, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज दिल कुमारी काफ्ले, रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारी, देवघाटधाम जेसिजका अध्यक्ष रघु मल्ल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन सहकारी संस्थाका सचिव प्रशन्न ढकालले गरेका थिए ।