हरिहर सहकारीको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २२

देवघाट गाउँपालिका–५ स्थित हरिहर बचत तथा ऋण सहकारी संस्थाको नवौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । उक्त साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले सहकारी सस्थाले आफ्ना सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए । पछिल्लो समय सहकारी संस्थाप्रति नागरिकको नकारात्मक धारणा आएको हुँदा त्यस्ता नकारात्मक धारणालाई चिरेर सहकारी संस्थाहरु अगाडी बढ्नुपर्ने अध्यक्ष थापाले बताए ।

सहकारीका अध्यक्ष रोशन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, सस्थांका सल्लाहाकार सदस्य कृष्णराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०७१ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा ४ सय ४० जना शेयर सदस्य रहेको सस्थाका सचिव अनिल मिश्रले बताए । कार्यक्रमको सन्चालन सचिव मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु