म्याग्दे गाउँपालिकाको सभाहल उद्घाटन

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २२

म्याग्दे गाउँपालिकाको सभाहलको शुक्रबार उद्घाटन गरिएको छ । वडा नम्बर ३ को बेल्टार स्थित ठुलो बगैंचामा निर्माण भएको सुविधा सम्पन्न सभाहलको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले पुर्वाधार निर्माणलाई पनि प्राथमिकता दिएको बताए । गाउँपालिकाको आफ्नै सभाहल भएपछि अव सभा, सम्मेलन तथा सांस्कृतिक कार्यक्रमकोलागि सहयोग पुग्ने र गाउँपालिका भित्रका संघ संस्थाहरुले लाभ लिन सक्ने अध्यक्ष श्रेष्ठले बताए ।

सुर्य÷एमएनसी लोयल जेभी पोखराले भ्याट रकम बाहेक २ करोड ९८ लाख ७२ हजार ६७१ रुपैयाँमा उक्त सभाहल निर्माण सम्झौता गरेको थियो । २०७७ चैत २६ गते निर्माण सम्झौता भएको र निर्माण गरिसक्नु पर्ने अवधि २०८१ असार ३० गते भित्रै सभाहल निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

उक्त सभाहल निर्माणको लागि स्थानीय सरस्वती घिमिरेको परिवारले ८ आना जग्गा निशुल्क उपलब्ध गराएका थिए । उक्त सभाहलमा करिब ७ सय जनाको क्षमता रहेको छ ।

यसैगरि वडा नम्बर ४ को थर्पुमा निर्माण गरिएको १० शैयाको थर्पु अस्पताल सन्चालन पुर्व शुक्रबार नै अस्पताल भवनमा शुभसाईतको रुद्री पुजा लगाएको छ । उक्त अस्पतालको आगामी मंसिर २९ गते शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु