दमौली, पुस १
जेसिआई व्यास नगरको ३० औं शाखा अधिबेशन सम्पन्न भएको छ । जेसी सुमित ढुंगाना उक्त अधिवेशनबाट बर्ष २०२५ का लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यकारिणी उपाध्यक्षहरु जेसी सनम अधिकारी र जेसी सुरज गुप्ता निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षहरुमा जेसी अन्कित गुरुङ, जेसी यम बतास, जेसी अनुप राना र जेसी बिरोध श्रेष्ठ निर्वाचित भएका थिए ।
त्यसैगरी महासचिवमा जेसी रवि भुजेल, कोषाध्यक्षमा जेसी डिक्सन मल्ल निर्वाचित भएका छन् भने सचिवका लागी जेसी बिनोद कुमार गोशली र कानुनी सल्लाहकारमा जेसी गोपाल थापा निर्वाचित भएका छन् ।