प्रथम भानु नगर महोत्सवको तयारी तिब्र

Devghat Online

शेयर गरौ

दमौली, पुस १

भानु नगर उद्योग वाणिज्य संघको आयोजनामा भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सवको तयारी तिब्र पारिएको छ । यहि पौष ९ देखि १९ गतेसम्म संचालन हुने महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।

पर्यटन, कृषि घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरण र पर्यटन क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने उद्वेश्यले महोत्सवको तयारी गरिएको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समिति संयोजक कृष्णकुमार श्रेष्ले जानकारी दिए । उनका अनुसार एक लाख बढी पर्यटकको आवागमन हुनुका साथै ६४ लाख रुपैयाँको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

महोत्सव सफल बनाउनका लागि मूल समारोह समितिसहित ३९ वटा कार्यगत समिति गठन गरिएको छ । उनका अनुसार महोत्सवबाट बचत भएको रकमले भानु नगर उद्योग वाणिज्य संघको निर्माणधीन भवन निर्माण कार्यमा खर्चिने योजना रहेको छ ।

महोत्सवमा औद्योगिक प्रदर्शनी तथा खरीद बिक्री, सुन्तला, मास एवं अदुवा, ताजा तरकारी बिक्री तथा प्रदर्शनी एवं खाना महोत्सव, रमाइलो मेला, चर्चित कलाकार बीचको दोहोरी गीत प्रतियोगिता, आदिवासी जनजातिय भेषभूषा, झाँकी तथा संस्कृति भल्किने कार्यक्रम रहने बताइएको छ ।

महोत्सवमा विभिन्न खानाका स्टल, कृषि उत्पादनका बिक्री, विभिन्न अटो कम्पनीका शोरुम, सूचना केन्द्र, प्राथामिक उपचार केन्द्र, विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी एवं बिक्री कक्ष लगायतका एक सय २० वटा स्टल रहने छन् ।

यस्तै मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कलाकारको कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता