चन्द्रावती माविको वार्षिकोत्सवको अवसरमा पुर्व विद्यार्थीहरुले विभिन्न सहयोग गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस १

भानु नपा–७ चुँदी टहुरेपसल स्थित चन्द्रावती माविले ६१ औं वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । विद्यालयले यही पुस ६ गते आफ्नो स्थापनाको ६१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाउन लागेको हो ।

तनहुँ जिल्लाको दोश्रो हाईस्कुलको रुपमा स्थापना भएको उक्त विद्यालयले विभिन्न आरोह अवरोह पार गरि ६१ औं वार्षिकोत्सव आयोजना गर्न लागिरहेको सन्दर्भमा विद्यालयका पुर्व विद्यार्थीहरुले वार्षिकोत्सवको अवसर पारि विभिन्न सहयोग गर्ने योजना बनाईएको पुर्व विद्यार्थी समिर पण्डितले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको एसएलसी व्याच २०४५ समुहले विद्यालयको शैक्षिक स्तर वृद्धि तथा सुधारका लागि एक लाख रुपैयाँ बराबरको प्रोजेक्टर र शैक्षिक सामाग्री प्रदान गर्न लागिएको २०४५ सालमा एएएलसी उतिर्ण गरेका विद्यार्थी समिर पण्डितले जानकारी दिए ।

उक्त अवसर पारि दुई लाख रुपैयाँ बराबरको जुनियर रेडक्रस प्राथमिक स्वास्थ्य अक्षयकोष स्थापना गरिने तथा आफूहरुलाई अध्यापन गराउनु भएका गुरुहरुलाई दोसल्ला सहित सम्मानपत्र मार्फत सम्मान गरिने पण्डितले जानकारी दिए ।

उक्त विद्यालयबाट माध्यमिक शिक्षा अध्ययन पूरा गरेका सिनियर तथा जुनियर सम्पुर्ण विद्यार्थीहरुलाई आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनमा हातेमाले गर्दै संयुक्त रुपमा भूतपूर्व विद्यार्थी समाज गठन गरि शैक्षिक गतिविधिमा आ–आफ्नो स्थानबाटसहयोग गर्न एसएलसी २०४५ ब्याचले आह्वान गरेको पण्डितले जानकारी दिए ।

६१ वर्ष अघि २०२१ सालमा पञ्चायती शासन कालमा त्यस क्षेत्रका शिक्षित युवाहरु मदन शर्मा, विजयराज आचार्य, भिम बहादुर अधिकारी, कुलप्रसाद खनाल, बासुदेव ढकाल, मेदिनीप्रसाद शर्मा पण्डित, शेषरमण खनाल, विश्वनाथ ढकाल, गंगा बहदुर कार्की, पूर्णभद्र पण्डित, भुवनसिंह थापा, भोजराज खनाल, बनमाली शर्मा लगायतका युवाहरुको सक्रियतामा पहिलो पटक मदन शर्माको काठमाडौं स्थित निवासमा बैठक बसी विद्यालय खोल्ने निर्णय गरि काठमाडौं बाट तनहुँ फर्कि तत्कालिन १२ वटा गाउँपञ्चायतको बैठक तनहुसुर गाउँ पञ्चायतका संयोजक देवीभक्त वाग्लेको अध्यक्षतामा बसी काठमाडौमा भएको निर्णय अनुसार चन्द्रावती हाईस्कुल नामाकरण गरि उक्त विद्यालय स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा