देवघाट, पुस २
आगामी पुस ११ देखी १३ गतेसम्म देवघाट गाउँपालिका स्तरीय ाष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता वडा नम्बर ५ को कालिका माविको खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा छात्र र छात्रा भलिवल तथा एथलेटिक्स तर्फ छात्र छात्राको लागि १ सय, २ सय, ४ सय र ८ सय मिटर र १५ सय मिटर दौड तथा १ सय ४ सय मिटर रिलेदौड प्रतियोगिता हुने भएको छ ।
यसैगरि उफ्रने र फ्याक्ने खेल तर्फ छात्र छात्रा दुबैको लागि हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो र सटपुट हुने गाउँपालिकाका शिक्षा अधिकृत होमनाथ लामिछानेले जानकारी दिए ।
उक्त प्रतियोगितामा भाग लिन चालु शैक्षिक सत्रको कक्षा १२ सम्म अध्ययन गरिरहेको विद्यार्थी हुनुपर्नेछ ।