पुस ११ गतेदेखी देवघाटमा राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

देवघाट, पुस २

आगामी पुस ११ देखी १३ गतेसम्म देवघाट गाउँपालिका स्तरीय ाष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता वडा नम्बर ५ को कालिका माविको खेलमैदानमा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा छात्र र छात्रा भलिवल तथा एथलेटिक्स तर्फ छात्र छात्राको लागि १ सय, २ सय, ४ सय र ८ सय मिटर र १५ सय मिटर दौड तथा १ सय ४ सय मिटर रिलेदौड प्रतियोगिता हुने भएको छ ।

यसैगरि उफ्रने र फ्याक्ने खेल तर्फ छात्र छात्रा दुबैको लागि हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिड थ्रो र सटपुट हुने गाउँपालिकाका शिक्षा अधिकृत होमनाथ लामिछानेले जानकारी दिए ।

उक्त प्रतियोगितामा भाग लिन चालु शैक्षिक सत्रको कक्षा १२ सम्म अध्ययन गरिरहेको विद्यार्थी हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको