देवघाटका जनप्रतिनिधि र कर्मचारीलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, पुस ८

देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि अभिमुखीकरण कार्यक्रम सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

देवघाट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा जनप्रतिनिधि र वडाका कर्मचारीहरुलाई अनलाइन नागरिकता सिफारिस सम्बन्धि विषयमा जानकारी दिने उद्देश्यले सो अभिमुखीकरण आयोजना गरिएको हो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङ र कम्पुटर अपरेटर शंकर थापाले अनलाइन नागरिकता सिफारिस सम्बन्धि विषयमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूड, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर, कार्यक्रम अधिकृत कृष्णराज पन्थ लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पाँचवटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा वडामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । नागरिकता प्रमाणपत्र सिफारिस कार्यलाई विद्युतिय प्रणाली मार्फत सिफारिस गर्ने अभियान अन्तर्गत सबै पालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक