देवघाट महा–महोत्सवको तयारी (तश्विरहरु)

Devghat Online

शेयर गरौ

देवघाट, पुस २९ गते

माघ १ गतेदेखी माघ महिनाभर सन्चालन हुने देवघाट महा–महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनको देवघाट स्थित विश्वजागरण महाअभियान ट्रष्टको आयोजना र सुप्रसिद्ध भागवत कथावाचक इश्वरकृष्णजी महाराजको संकल्पमा कालिगण्डकी र त्रिशूली नदीको संगमस्थलमा ऐतिहासिक देवघाट महा–महोत्सव २०८१ गरिन लागिएको हो ।

देवघाटधाममा हुने देवघाट महा–महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । माघ १ गते विशेष कार्यक्रमको आयोजना गरिने महा महोत्सव तथा ऐतिहाँसिक मकर मेला उद्घाटन गरिनेछ ।

महा महोत्सव अन्तर्गत माघ १ देखी ३० गतेसम्म वेणी संगममा २४ सै घण्टा निरन्तर हरिनाम संकीर्तनको व्यवस्था गरिनेछ । त्यस्तै विद्वान ब्राह्मणहरुको सहभागितामा १०८ श्रीमद्भागवतको पाठ गरिनेछ । त्यस्तै १ लाख २५ हजार श्रीफलको हवन, १ लाख शीला पूजन र शिलान्यास समेत गरिनेछ । उक्त अपवसरमा ११ अर्ब रामनाम लेखन तथा पूजन र ३३ कोटी देवताको नाममा ३३ कोटी दीपहरुको प्रज्वलन समेत गरिने भएको छ ।

माघ महिनाभरि आयोजना गरिने यो विशेष कथाका माध्यमबाट धर्म, जीवनका मूल्य, र मान्यताहरुको महत्व बुझाउने उद्देश्य राखिएको छ । महोत्सवमा देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरुले आफ्नो ज्ञान, अनुभव, र दृष्टिकोणबाट भक्तजनहरुलाई धर्म, अध्यात्म, र जीवनका गूढ रहस्यबारे शिक्षित गर्ने कार्यक्रम रहेको छ । उक्त अवसरमा विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देश–विदेशमा प्रसिद्ध र ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा, प्राज्ञिक र मधुर शैलीमा प्रवचन गर्ने ख्यातिप्राप्त विदुषी पूज्या यशोदा माताजी तथा युवापुस्तामा आध्यात्मिक चेतना जगाउन युवा कथा वाचक ओमप्रकाश सुवेदीको विशेष कथा प्रवचन रहनेछ ।

महोत्सवलाई थप गरिमामय बनाउन विभिन्न विशिष्ट व्यक्तित्वहरू पतन्जलि योगपीठका आचार्य बालकृष्णजी महाराज, अनिरुद्याचार्य जी महाराज, लगाएत साधु, सन्त, महन्त आदिको विशेष उपस्थिति रहने जनाईएको छ । उक्त अवसरमा अतिथि कथा वाचकको रुपमा चैतन्य कृष्ण प्रभु, किशोर शरणजी महाराज, धर्मेन्द्र कृष्ण शास्त्री, आचार्य विष्णु भट्टराई, आचार्य वेदप्रकाश भट्टराई, शितल कृष्णजी महाराज, राघव उपाध्याय, र मनोज भण्डारी जस्ता विद्वानहरुको उपस्थिति रहने जनाईएको छ ।

उक्त अवधिभर दैनिक १० हजार भन्दा बढी भक्तजनहरुको निशुल्क भोजन र आवासको व्यवस्था गरिएको छ । प्रवचन, पाठ पारायण, पूजन, आरति, दीप प्रज्वलन आदि बिबिध कार्य सम्पन्न गर्न कार्यक्रमस्थलको तयारी स्वरूप २ ओटा सुव्यविस्थित पण्डालको निर्माण सम्पन्न भएको छ । एकै पटक करिव २० हजार भक्तहरुले सेवा लिनसक्ने तयारि भएको छ । महोत्सवमा करिब १० करोड रुपैयाँ आर्थिक संकलन हुने अपेक्षा राखिएको जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता