देवघाट महा–महोत्सवका लागि नेपाल आईपुगिन् देवी प्रतीभा

Devghat Online

शेयर गरौ

देवघाट, पुस २९

चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आइपुगेकी छन् । माघ १ गतेबाट देवघाटधाममा सुरु हुन लागेको देवघाट महा–महोत्सवका लागि विश्व चर्चित कथावाचिका देवी प्रतीभा नेपाल आएकी हुन् ।

उनी १५ जनाको टोली सहित नेपाल आइपुगेको आयोजक कमिटीका सदस्य नारायण भण्डारीले जानकारी दिए । देवी प्रतिभालाई भरतपुर महानगरपालिका–१ को ठिमुरा रिर्सोटमा बस्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

लोकप्रिय कथावाचिका देवी प्रतीभाले माघ ९ गतेसम्म देवघाट महा–महामहोत्सवमा कथा वाचन गर्नेछिन् । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् ।

देवघाट महामहोत्सवमा देवी प्रतिभाका अलावा ओम प्रकाश सुवेदी, गुरु यशोदा कौडिन्य र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

मकर स्नान माघ महामहोत्सकको अवसरमा मातापिता सेवा आश्रम र देवघाट दिव्य धामको निर्माण सहयोगार्थ लगाइने देवघाट महा महोत्सबबाट उठेको सहयोग रकम निर्माणाधिन मातापिता सेवा आश्रमका लागि खर्च गरिनेछ ।

माघ महिनाघर चल्ने मकर स्नान माघ महामहोत्सकको अवसरमा ३३ कोटी देवताको नाममा ३३ करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै विश्वकै नमुना मन्दिर देवघाट दिव्य धाम मन्दीरको पनि शिलान्यास गरिने आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान