देवघाट, पुस २९
तनहुँको देवघाट गाउँपालिका र मुस्ताङको वरागुङ मुक्तिक्षेत्र गाउँपालिका विच दोश्रो पटक भगिनी सम्बन्ध कायम भएको छ । सोमबार देवघाट गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा उक्त दुई पालिकाको विचमा भगिनी सम्बन्ध कायम भएको हो । यस अघि २०७८ पौष १४ गते उक्त दुई पालिकाको विचमा भगिनी सम्बन्ध कायम भएको थियो । देवघाट गाउँपालिकाका तत्कालिन अध्यक्ष दुर्गबहादुर थापाले मुस्ताङ पुगेर पहिलो पटक भगिनी सम्बन्ध कायम गरेका थिए । सोमबार यि दुई पालिकाले भगिनी सम्बन्धलाई निरन्तरता दिने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
मुस्ताङको प्रसिद्ध धामिर्क स्थल मुक्तिनाथ मन्दिर वरागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पर्छ । सोही मुक्तिनाथको काखबाट बगेको कालिगन्डकी नदी देवघाट गाउँपालिकामा आएपछि त्रिशुली नदीसँग मिसिएर नारायणी नदीको रुपमा बहन्छ । यसैकारण पनि यि दुई गाउँपालिका विच भावनात्मक सम्बन्ध रहेको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
भगिनी सम्बन्ध स्थापना सम्बन्धि पत्रमा देवघाट गाउँपालिकाको तर्फबाट अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिं गुरुङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् भने वरागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट अध्यक्ष रिङजिन नामगेल गुरुङ , उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गरेका थिए ।
हिन्दुहरूले विशेष आस्था गरिने कृष्णागण्डकी विशेष धार्मिक नदीले यि दुई पालिकाहरुको महत्व बढाएको छ । विश्वमा एकमात्र शालग्राम पाइने नदी यही नदी हो । प्राकृतिक दृष्टिले अनौठो र दामोदरकुण्ड हुँदै मुक्तिनाथ देखि त्रिवेणी सम्मको यात्रामा यस नदीले प्रशस्त धार्मिक पुण्यभूमिहरू दिएको छ । यी दुई पालिकाहरु धार्मिक आस्थाका केन्द्र मात्र नभएर विशाल संस्कृति र सभ्यताका उद्गमभूमि पनि हुन् ।
देवघाटधाम र वारागुङ मुक्तिक्षेत्र दुबै महत्वपूर्ण धार्मिक एमं पर्यटकीय क्षेत्र हुन् । देवघाट गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका दुबै कालीगण्डकीको सामिध्यमा पर्ने पालिका हुन् । यी दुबै पालिका नेपालको उत्तरी भेग देखि दक्षिणी भेगसम्म कालीकण्डकी नदीको सभ्यताले जोडिएको हुँदा नेपाली समाजका परम्परागत आस्थाका केन्द्र पनि रहेका छन् । यहाँका विभिन्न मेला, पर्व, जात्रा र पूजाआजाका क्रममा हुने मानिसको आवागमनका साथै ग्रामीण उत्पादनको व्यापारका कारण आन्तरिक तथा वाह्य धार्मिक पर्यटन यहाँको समृद्धका आधार बनेको प्रस्तावना पत्रमा उल्लेख छ ।
आगामी दिनमा धार्मिक पर्यटनलाई दिगो विकासको आधार बनाउन अब छुट्टाछुट्टै नभएर मिलेर संयुक्त योजना बनाउनु पर्ने भन्दै टाढाटाढाबाट आउने पर्यटकहरूको बसाई लम्ब्याउन र एकठाउँमा आएका यात्रीहरूलाई अर्को ठाउँमा पनि जाने वातावरण बनाउन संयुक्त योजना बनाई कार्यान्वयन गर्नुपर्ने देखिने उक्त प्रस्तावनामा उल्लेख छ । यसै सन्दर्भमा २०७८ साल पौष १४ गते भएको पहिलो भगिनी सम्बन्धलाई प्रगाढ बनाउन देवघाट गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले तपसिलको उद्देश्यहरू प्राप्तिको लागि धार्मिक भगिनी सम्बन्ध स्थापना सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिएको जनाईएको छ ।
प्रस्तावना पत्रमा दुई स्थानीय तह बीच भगिनी सम्बन्ध कायम गरी संयुक्त कार्ययोजना बनाउने, धार्मिक क्षेत्रको विकास र प्रचारको लागि निश्चित बुँदाहरू तय गरी दबैले कार्यान्वयन गर्ने, दुबै क्षेत्रमा रहेका धार्मिक महत्वका ठाउँहरूको परिचय दिने किसिमका पुस्तक, पत्रपत्रिका चित्रहरू ब्रोसरहरू र डिजिटल डकुमेन्ट वा श्रव्यदृष्य सामग्रीहरू बनाई दुवैले प्रचार–प्रसार गर्ने, एउटा पालिकाका यात्रुहरू आउँदा अर्को स्थानीय तहले सहयोग गर्ने, सुविधाको व्यवस्था गर्ने तथा तीर्थस्थलको अध्ययनको लागि संयुक्त तीर्थयात्रा वा परस्पर आदान–प्रदानका कार्यक्रम गर्ने, गराउने र दुबै गाउँपालिकाको असल अभ्यासहरूलाई आदान–प्रदान गर्ने समझदारी भएको छ ।
यसैगरि देवघाट गाउँपालिका र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका प्रमुख धार्मिक स्थलहरूको परिचय महत्व र विशेषताका सम्बन्धमा दुबै गाउँपालिकाले प्रचार–प्रसार गर्ने, दुबै गाउँपालिका धार्मिक गन्तव्यको सम्बन्धमा सर्वसाधारणलाई र आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी गराउने र यस प्रयोजनका लागि आफ्ना ब्रोसर, पर्चा, पम्प्लेट, वेभसाइट लागायतमा यी दुबै गाउँपालिका बीच धार्मिक÷ सांस्कृतिक महत्व र विशेषताबाट लाभान्वीत हुन भगिनी सम्बन्ध स्थापित भएको व्यहोरा समावेश गर्ने, धार्मिक दृष्टिले यस क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई आउने जाने बारे दुरी, यातायात साधन र बसोबासको प्रबन्धबारे जानकारी दिने र एक आपसमा दुबै गाउँपालिकाले पर्यटकको बसाई अवधि बढाउन पहल गर्ने समझदारी भएको छ ।
यसैगरि धार्मिक सांस्कृतिक महत्व र विशेषताको बोध गराउने किसिमका प्रवचन÷गोष्ठी÷सभा÷सेमिनार आदि जस्ता विशेष कार्यक्रम सञ्चालन गर्ने, समाजमा धार्मिक चेतनाको विस्तारको माध्यमले दुव्र्यसन र दुरावस्था हटाई नैतिक, स्वधैर्य, स्वसंस्कृति र मर्यादाको पालना गरी चरित्रवान सभ्य, सुशिक्षित समाज निर्माण गर्न आपसी सहयोग आदान–प्रदान गर्ने सम्बन्धी प्रस्ताव पत्रमा हस्ताक्षर भएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । उक्त समझदारीले देवघाटको धार्मिक पर्यटनमा ठुलो मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।