मकर स्नान गर्न देवघाटमा भक्तजनको घुँईचो

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

मकर स्नान गर्न देवघाटमा भक्तजनको घुँईचो लागेको छ ।देशकै मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुरको संगममा रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे संक्रान्तिको अवसरमा ठुलो मेला लागेको छ । यस वर्ष माघे संक्रान्ति मेला भर्न पाँच लाख भन्दा बढि भक्तजन आउने देवघाट क्षेत्र विकास समितिले अपेक्षा गरेको छ ।

ज्योतीषिय गणना अनुसार सुर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरेको दिनलाई मकर संक्रान्ति (माघे संक्रान्ति) भनिन्छ । पद्य्म पुराणका अनुसार सुर्य मकर राशीमा गएको बेला माघ महिना भर देवघाटधाममा स्नान गर्नाले ठुलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहेको छ । साथै पवित्र त्रिशुली नदी र कालीगन्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर संक्रान्तिको दिन नै भएको मानिन्छ । सोही कारण पनि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नेहरुको ठुलो घुईँचो लाग्ने गर्छ ।

देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तिर्थस्थल हो । गोसाँइकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानको रुपमा रहेको देवघाटधामको बेणी संगम भएकोले यो पर्वको विशेष महत्व रहेको छ । यसै दिन पवित्र देवनदीको संगममा स्नान गर्न सम्पूर्ण देवी–देवताहरु आउने हुनाले पनि भक्तजनहरुले अदृष्य रुपमा देवी देवताहरुलाई भेटेर मोक्ष प्राप्ती गर्न सक्दछन् भन्ने पौराणिक मान्यता रही आएको छ ।

मकर स्नानको लागि सोमबार साँझदेखि भक्तजनको आउन थालेका थिए । भक्तजनहरु रातभर नाचगान गरि जाग्राम बसी बिहान कालिगन्डकी र त्रिशूलीको संगममा स्नान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता