तनहुँ महोत्सवः बुधबार पशुपति शर्मा र प्रीति आलेले झुमाए दशर्क

Devghat Online

शेयर गरौ

दमौली, माघ २

दमौली जारी नवौ तनहुँ महोत्सवको सातौं दिन बुधबार चर्चित लोक गायक पशुपति शर्मा र प्रीति आलेले साङ्गीतिक प्रस्तुति दिएका छन् ।

चर्चित कलाकारको प्रस्तुति रहेको महोत्सवमा ठूलो सङख्यामा दर्शकको उपस्थिति रहेको थियो । पशुपति र प्रीतिको गीत सुन्न आएका दर्शकले ठूलो स्वरमा हुटिङ गर्दै साथ दिएका थिए । महोत्सवमा पशुपति आफ्ना चर्चित आधा दर्जन गीत गाउनुकासाथै प्रीतिसँग दोहोरी गीत गाएका थिए ।

‘स्याङ्जा जाने बाटोमा तनहुँ, बिर्सिजाने मायालाई के भनौं’ त्यसपछि एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई नचाए दर्शकश्रोताको भीड देख्दै रमाएका लोकगायक पशुपति शर्माले तनहुँगेलाई मात्रै नचाएनन्, आफू पनि मजाले नाचे । ‘मलाई अमेरिका यै..’ भन्दै स्वदेशलाई माया गर्न सन्देश पनि दिए । युटुवमा, टेलिभिजनमा देखेका गायक तथा गायिकालाई आफ्नै आँगनमा पाउँदा युवायुवती बढी खुसी देखिएका थिए । पशुपतिले ‘मेरो माया बसेको गाउँमा.,’ ‘माया भुल्ने के होला र दैव.’ समेत सुनाए ।

गायिका प्रीति आलेले ‘बाँमरी बामरी.’ बोलको गीतमा दशर्क धुलो उड्ने गरी नाचेका थिए । कमेडियन माकुरी र सुन्दरमणी खनालको प्रस्तुतिमा दर्शक पेट मिचि हाँसेका थिए । कार्यक्रममा गायिक उमादेवी खनालको प्रस्तुतिले पनि दर्शकको मन जितेको थियो । महोत्सवमा दशर्क भीड लागेकोले उत्साह मिलेको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुवोध अधिकारीले बताए । अधिकारीले भने, आज बिदाको दिन नभएपनि दर्शकको भीड लाग्यो हामीलाई उत्साह थपेको छ ।’

महोत्सवमा बिहीबार शन्तिश्री परियार आउने

यसैगरी महोत्सवमा बिहीबार चर्चित गायिका शान्तिश्री परियार आउनु हुने भएको छ । यसैगरी बिहीबार नै गायक तथा गायिकाहरु वसन्त विक, उमादेवी खनाल, समृद्धि परियार र लक्ष्मी नेपालीको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सञ्चारमाध्यममा सरकारको आर्थिक नाकाबन्दीविरुद्ध पत्रकार महासंघ आन्दोलित

तनहुँ । चैत २८ नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयविरुद्ध संघीय संसद्मा