देवघाट महा–महोत्सवको दोश्रो दिनः देवी प्रतिभाबाट कथा वाचन

Devghat Online

शेयर गरौ

देवघाट, माघ २

देवघाटमा मंगलबारबाट सुरु भएको ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवको दोश्रो दिन बुधबार लोकप्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छिन् । नारयणी नदीको तटमा निर्माण गरिएको बिशाल पन्डालमा बनाईएको भव्य मन्चबाट देवी प्रतिभाले कथा वाचन तथा प्रवचन दिएकी थिइन् । देवी प्रतिभाको कथा सुन्न सयौं भक्तजन उपस्थित भएका थिए ।

लोकप्रिय कथावाचिका देवी प्रतीभाले माघ ९ गतेसम्म देवघाट महा–महामहोत्सवमा कथा वाचन गर्नेछिन् । यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विशवकै बढी खोजीले कथावाचिकाको रुपमा पर्छिन् । उक्त अवसरमा दाताहरुलाई सम्मान पनि गरिएको थियो ।

धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देश–विदेशका श्रद्धालु भक्तजनहरूको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतिजी महाराजले उद्घाटन गरेका थिए ।

विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सुप्रशिद्ध कथा वाचक इश्वरकृष्ण महाराजको सत्संकल्पमा सुरु भएको उक्त महा–महोत्सवमा अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, १ लाख २५ हजार श्रीफल हवन, १ लाख शीला पूजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन, तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधिहरू हुनेछन् ।

देश–विदेशका ख्यातिप्राप्त कथा वाचकहरूले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माताजी र युवा कथा वाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुहरूलाई आध्यात्मिक ज्ञान प्रदान गर्नेछन् ।

महा–महोत्सवमा आएका भक्तजनहरूको सुविधाका लागि आयोजकले उत्कृष्ट व्यवस्थापन गरेका छन् । करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजार भन्दा बढी व्यक्तिलाई समेट्न सक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ ।

शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा असक्त व्यक्तिहरूका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकहरूको टोली परिचालित गरिएको छ ।

महा–महोत्सवमा संकलित रकमले तनहुँको देवघाटमा निर्माणाधीन माता–पिता सेवा आश्रममा खर्च गरिने छ । उक्त आश्रमा ३६५ कोठाहरु रहनेछन् । उक्त आश्रम निर्माणकोलागि हालसम्म जमिन प्राप्ति लगायतका कार्यहरू पनि सम्पन्न भइसकेका छन् भने १२० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्ध मातापिताका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान ट्रस्टका संस्थापक ईश्वरकृष्ण महाराजको सत्संकल्प र नेतृत्वमा निर्माणाधीन माता–पिता सेवा आश्रमले धार्मिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।

यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महा–महोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए । आश्रम संगै सिमेन्ट र छडको प्रयोग नगरी पूर्णरूपमा पथ्थरबाट कलात्मक शैलीमा देवघाट दिव्यधाम मन्दिर निर्माण गरिने ईश्वरकृष्ण महाराजले बताए । मन्दिर र आश्रमको गरि कुल लागत करिब २०० करोड रुपैयाँ रहने जनाईएको छ । निर्माणाधीन मन्दिरलाई हजारौं वर्ष टिक्न सक्ने खालको संरचना तयार पार्ने लक्ष्य राखिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक