देवघाट, माघ ३
देवघाटमा जारी ऐतिहासिक देवघाट महा–महोत्सवको सांस्कृतिक र धार्मिक महत्वलाई लिएर साङ्गवेद संस्कृत गुरुकुलम तथा आश्रमका पीठाधिपति स्वरुपानन्द सरस्वति जी महाराजले खुलेर प्रशंसा गरेका छन् । उनले यस महोत्सवलाई सरकारकै नेतृत्वमा हुनुपर्ने कार्यको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरे ।
सरकारले गर्न नसकेको कार्य देवघाट महा–महोत्सवले पूरा गरिरहेको बताउँदै उनले यसलाई नेपाली जनताका लागि महाकुम्भकै रूपमा तुलना गरे । ‘आदि प्रयाग देवघाटमा जारी यस धार्मिक महामहोत्सवले हाम्रो धार्मिक, सांस्कृतिक, र सामाजिक जीवनलाई नयाँ उचाइमा पु¥याएको छ,’ उनले भने ।
महा–महोत्सवको उद्देश्य र व्यवस्थापनको प्रशंसा गर्दै उहाँले सम्पूर्ण देशवासीलाई महोत्सवमा उपस्थित भई यसलाई थप भव्य र ऐतिहासिक बनाउन आह्वान गरे । ‘यो महोत्सव हामी सबैका लागि गर्वको विषय हो, यसको सफलतामा सबैको सहभागिता आवश्यक छ’ उनले जोड दिए ।
देवघाटमा नेपालकै सबैभन्दा ठूलो आश्रम निर्माण भइरहेकोमा उनले हर्ष र खुशी व्यक्त गर्दै यस्तो धार्मिक, सांस्कृतिक र सामाजिक पहलले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले महामहोत्सवको सफलताका लागि हार्दिक शुभकामना पनि दिएका छन् ।
देवघाटमा गत माघ १ गते देखी सुरु भएको यस महा–महोत्सवलाई नेपाली समाजको एकता, धर्म, र संस्कृतिको प्रतीकका रूपमा लिँदै यसले देशको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्ने विश्वास लिइएको उनले बताए ।