देवघाट महा–महोत्सवको स्वरुपानन्द सरस्वतीजीद्वारा प्रसंशा

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३

देवघाटमा जारी ऐतिहासिक देवघाट महा–महोत्सवको सांस्कृतिक र धार्मिक महत्वलाई लिएर साङ्गवेद संस्कृत गुरुकुलम तथा आश्रमका पीठाधिपति स्वरुपानन्द सरस्वति जी महाराजले खुलेर प्रशंसा गरेका छन् । उनले यस महोत्सवलाई सरकारकै नेतृत्वमा हुनुपर्ने कार्यको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरे ।

सरकारले गर्न नसकेको कार्य देवघाट महा–महोत्सवले पूरा गरिरहेको बताउँदै उनले यसलाई नेपाली जनताका लागि महाकुम्भकै रूपमा तुलना गरे । ‘आदि प्रयाग देवघाटमा जारी यस धार्मिक महामहोत्सवले हाम्रो धार्मिक, सांस्कृतिक, र सामाजिक जीवनलाई नयाँ उचाइमा पु¥याएको छ,’ उनले भने ।

महा–महोत्सवको उद्देश्य र व्यवस्थापनको प्रशंसा गर्दै उहाँले सम्पूर्ण देशवासीलाई महोत्सवमा उपस्थित भई यसलाई थप भव्य र ऐतिहासिक बनाउन आह्वान गरे । ‘यो महोत्सव हामी सबैका लागि गर्वको विषय हो, यसको सफलतामा सबैको सहभागिता आवश्यक छ’ उनले जोड दिए ।

देवघाटमा नेपालकै सबैभन्दा ठूलो आश्रम निर्माण भइरहेकोमा उनले हर्ष र खुशी व्यक्त गर्दै यस्तो धार्मिक, सांस्कृतिक र सामाजिक पहलले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले महामहोत्सवको सफलताका लागि हार्दिक शुभकामना पनि दिएका छन् ।

देवघाटमा गत माघ १ गते देखी सुरु भएको यस महा–महोत्सवलाई नेपाली समाजको एकता, धर्म, र संस्कृतिको प्रतीकका रूपमा लिँदै यसले देशको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्ने विश्वास लिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल