देवघाट, माघ ३
देवघाटधाममा जारी ऐतिहासिक मकर स्नान मेला तथा देवघाट महा–महोत्सवमा शुक्रबार जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य आउने भएका छन् । नेपालका तीर्थहरूको संरक्षण, प्रवद्र्धन र विकासमा अतुलनीय योगदान पु¥याएका जगत्गुरु बालसन्त मोहन शरण देवाचार्यले देवघाट महा–महोत्सवमा आई भक्तजनहरुलाई आर्शिवचन दिने भएका छन् ।
नेपालका प्राचीन तीर्थहरूको महत्व उजागर गर्न उनको नेतृत्व र सत्संकल्पलाई प्रेरणादायी मानिन्छ । उनकै सत्संकल्पमा सुनसरीको चतरा धाम र वराहक्षेत्रमा भव्य कुम्भ मेलाको आयोजना थियो ।
महोत्सवको आयोजक समितिका अनुसार देवाचार्यको उपस्थिति र प्रवचनले भक्तजनहरूलाई आध्यात्मिक ज्ञान र धार्मिक चेतनाले अभिप्रेरित गर्नेछ ।
उनको सत्संग र आशीर्वचनले देवघाट महा–महोत्सवलाई थप भव्य र ऐतिहासिक बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यलाई नेपालको प्रथम जगतगुरु मानिन्छ ।