दिवंगत आमा र भाईको स्मृतिमा मातापिता सेवा आश्रममा एक वटा कोठा निर्माण गर्ने भरतपुरकी मेयर दाहालको घोषणा

Devghat Online

शेयर गरौ

देवघाट, माघ ६

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधिन मातापिता सेवा आश्रममा आफ्ना दिवंगत आमा सिता दाहाल र भाई प्रकाश दाहालको स्मृतीमा एउटा वटा कोठा निर्माण गर्ने घोषणा गरेकी छिन् । देवघाटमा जारी देवघाट महा–महोत्सवमा उपस्थित भई मन्तव्य राख्ने क्रममा शनिबार मेयर दाहालले मातामिता सेवा आश्रमको ३६५ कोठा मध्ये एक वटा कोठा आमा र भाईको स्मृतीमा व्यक्तिगत खर्चमा निर्माण गर्ने घोषणा गरेकी हुन् ।

उक्त अवसरमा मेयर दाहालले देवघाट महामहोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजको सत्संकल्पमा आयोजित यस धार्मिक महोत्सवको भव्यताको खुलेर प्रशंसा गरिन् । उनले महोत्सवले नेपाली समाजमा धार्मिक, सांस्कृतिक, र सामाजिक चेतनालाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउँदै यस्तो आयोजनाले देवघाट क्षेत्रलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने विश्वास व्यक्त गरिन् ।

बृद्ध मातापिताको सेवा गर्ने हेतुले परिकल्पित मातापिता सेवाश्रममा निर्माणाधीन ३६५ कोठामध्ये एक कोठा आफ्नी दिवंगत आमा सीता दाहाल र दिवंगत भाइ प्रकाश दाहालको स्मृतिमा निर्माण गर्ने मेयर दाहालले घोषणा गरेकी हुन् । उनले आफ्ना दिवंगत परिवारजनको स्मृति र योगदानलाई सम्मान गर्दै यो पुण्य कार्यमा सहभागी हुन पाउँदा गर्वको अनुभूति भएको बताइन् ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्र, स्थानीय प्रशासन, तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले माघ महिनाभर चल्ने यो धार्मिक महोत्सवलाई नेपाली संस्कृति र धर्मप्रतिको प्रेमको प्रतीकका रूपमा बताए ।

इश्वरकृष्ण महाराजको नेतृत्वमा सञ्चालित देवघाट महामहोत्सव र मातापिता सेवाश्रमले धार्मिक, आध्यात्मिक, र सामाजिक सेवाको मिसाल प्रस्तुत गरिरहेको छ । मातापिता सेवाश्रममा निर्माणाधीन ३६५ कोठाले वृद्धवृद्धा, असहाय, र सेवाको आवश्यकता भएकाहरूलाई आश्रय प्रदान गर्ने उद्देश्य राखेको छ । महा–महोत्सवमा जग शीला पूजन, अखण्ड हरिनाम संकीर्तन, १०८ श्रीमद्भागवत पाठ, अर्बौ रामनाम लेखन, र दीप प्रज्वलनजस्ता धार्मिक कार्यक्रमहरू भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता