देवी प्रतिभाद्वारा गौ संरक्षण केन्द्रको अवलोकन

Devghat Online

शेयर गरौ

देवघाट, माघ ६

लोकप्रिय कथा वाचिका देवी प्रतिभाले भरतपुर मनपा–१ बागीश्वरीमा रहेको श्री बागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमद्वारा सन्चालित श्री योगी नरहरिनाथ गौं संरक्षण केन्द्रको निरिक्षण गरेकी छिन् । देवी प्रतिभाले आइतबार बिहान गौं संरक्षण केन्द्रमा आई गौं दर्शन सहित केन्द्रको अवलोकन गरेकी हुन् ।

उक्त अवसरमा बोल्दै देवी प्रतिभाले सनातन धर्मको संरक्षणकोलागि गौ संरक्षण गर्नु पर्ने बताइन् । सनातन धर्मको विरुद्ध अहिले सबै तिरबाट आक्रमण भएको हुँदा सनातन धर्मको रक्षाको लागि सबै लाग्नु पर्ने उनको भनाई थियो । सबैले देवघाट आउँदा गौ संरक्षण केन्द्रको अवलोकन गरि गौ को सेवा गर्नु पर्ने उनले बताइन् ।

उक्त अवसरमा विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक एवं देवघाटमा जारी देवघाट महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले सनातन धर्मको रक्षाकोलागि गौ संरक्षण गर्नुपर्ने बताए । उनले महा–महोत्सवमा संकलित अन्न मध्ये केही गौ संरक्षण केन्द्रमा उपलब्ध गराउने बताए ।

सो अवसरमा देवी प्रतिभा सहितलाई स्वागत गर्दै योगी नरहरिनाथ गौं संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालले २०३९ सालमा स्थापित यस गौ संरक्षण केन्द्रमा २५० वटा गाईको संरक्षण गरि राखिएको बताए । गौ संरक्षण विना सनातन धर्मको पनि संरक्षण नहुने हुँदा केन्द्रले विभिन्न दाताहरुको सहयोगमा गौ संरक्षण गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु