गाउँपालिकाको नेतृत्वमा देवघाटको वेणी संगममा सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, माघ ६

देवघाट गाँउपालीकाको नेतृत्वमा आइतबार देवघाट गाउँपालिका–५ स्थित वेणी संगगममा सरसफाई गरिएको छ । देवघाट क्षेत्र विकास समिति, इलाका प्रहरी कार्यालय देवघाट तथा देवघाटधाम जेसिज लगायतका संघ संस्थाको सहभागितामा आइतबार दिउँसो वेणी संगम वरपर सरसफाई गरिएको हो ।

सरसफाईको नेतृत्व देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गरेका थिए । उक्त कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल, गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीहरु, क्षेत्र विकास समितिका पदाधिकारीहरु, इलाका प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरु, देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकाल लगायतका पदाधिकारीहरु एवं देवघाट महा–महामहोत्सवका स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

उक्त क्रममा मकर मेलामा आएका भक्तजनहरुबाट उत्सर्जन भएका फोहोरहरु संकलन गरि व्यवस्थापन गरिएको देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता